मगरहरू खस हुन् ।

हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड
प्रदीप नेपाल

नेपालमा आदिवासी र जनजातिबारे धेरै विवाद भयो । यो बहसको थालनी गर्ने आपूmलाई जनजातिको नेता भनाउनेहरू नै थिए । उनीहरू विद्वान थिए र अङ्ग्रेजी भाषामा दीक्षित पनि थिए । त्यसैले नेपालमा पनि संयुक्त राष्ट्रसङ्घ र ‘आर्टिकल’ १६९ भन्ने शब्दावलीको छ्यासछ्यास्ती प्रयोग भयो । एकाध वर्ष तिनले सबैलाई अलमल्याए । जनजाति र आदिबासी अविभाज्य समुदाय हुन् भन्नेसम्मको असत्यलाई अङ्ग्रेजीभाषी विद्वानहरूले नेपाली जनसमुदायका बीचमा खेतपाती गरे । उनीहरूले एउटै बनाएको असत्यलाई अङ्ग्रेजी पढेका अरुले, अङ्ग्रेजीमा ‘एण्ड’ भन्ने शब्दले ती दुई एउटै होइनन् भनेर छुट्याइदिएको छ भनेपछि बहस त सकियो । तर अङ्ग्रेजी पण्डितहरूले छरेको भ्रम अहिले पनि नेपाली मानसबाट बाहिर निस्केर गइसकेको छैन । भ्रममुक्त त आफैं हुने हो । तर सत्य के हो भने आदिवासी र जनजाति एउटै हुन् भनेर कतै भनिएको छैन । आदिवासी बसोबाससँग जोडिएको छ भने जनजाति विकाससँग जोडिएको छ ।
पछिल्ला दिनमा नेपाली विद्वानको विद्वता पढ्दा मलाई लाज लाग्न थालेको छ । यिनीहरू के साँच्चिकै नेपाली इतिहासकार हुन् ? मेरो विश्वास हो – यिनीहरूलाई आफ्नो देशको इतिहास थाहा छैन । यिनका ज्ञानका स्रोत भएका छन् सिल्वाँ लेभी लगायतका पश्चिमा इतिहासकारहरू । हाम्रो देशको इतिहास के पश्चिमाहरूले लेखिदिएको चौहद्दीभित्र मात्र छ ? तिनैबाट ज्ञान लिएका हाम्रा विद्वानहरूले त्यसैले राष्ट्रिय एकीकरणपछिका सबै नेपाली आदिवासी हुन् भनेर संविधानसभाले तोकेको होला । योभन्दा लज्जाजनक ज्ञान अरु के हुन्छ ? हाम्रै देशका विद्वान र राजनीतिक पण्डितका कारण हामी नेपालीको पाँच हजार वर्षको इतिहास पाँच सय वर्षमा झारियो ।
नेपाली किराँतको पात्रो नै पाँच हजार वर्षभन्दा पुरानो छ । नेपालका पहिला शासक किराँतहरू नै हुन् । त्यतिबेला शासित पनि किराँतीहरू नै थिए । ग्रेगोरियन क्यालेण्डर अनुसार दोस्रो शताब्दी दक्षिण पश्चिमबाट आएका लिच्छवीहरूले किराँतलाई पराजित गरेर नालाको डाँडो कटाइदिए । आरामले बसेका किराँतलाई पाटनको च्यासलमा पटापट काटेर मारिदिए । जो श्रमिक थिए, ती त लिच्छवी शासकलाई पनि चाहिन्थ्यो । त्यसैले ती किराँत श्रमिकहरूलाई लिच्छवी शासकले कजाएर खाने निर्णय गरे । अहिले पनि तिनीहरू ज्यापुका रूपमा काठमाडौंका भूमिपुत्र भएर बाँचिरहेका छन् । अर्थात् उनीहरू काठमाडौं उपत्यकाका आदिवासी हुन् । ज्यापु बाहेकका नेवारहरू आदिवासी होइनन् ।
सत्य धेरैलाई मन पर्दैन । किनभने सत्यले भ्रान्त धारणालाई स्वीकार गर्दैन । नेवार जाति वर्णाश्रम व्यवस्थामा हुर्किएको एक भाषिक समुदाय हो । अहिले पनि त्यसभित्र वर्णाश्रम व्यवस्था जीवित छ । भूमिगत कालमा हामी प्रायः दमाई टोलमा बस्थ्यौं । किनभने त्यहाँ सुरक्षा हुन्थ्यो । सवर्ण नेवारहरू त्यतातिर भेटिँदैनथे । कलेज पढ्दा मेरा धेरै नेवार साथीहरू थिए तर सबै सवर्ण । राजोपाध्याय र अमात्य, जोशी र श्रेष्ठ । तर साही र खड्गीसँग मेरो सम्पर्क थिएन । त्यसैले भूमिगतकालमा तिनै साही र खड्गीहरू मेरा आश्रयदाता भएका थिए । नेवारमा हिन्दू र बुद्ध धर्मालम्बी दुवै छन् । नेवार सधैं सत्तासँग जोडिएको जाति हो । बाहिरबाट आएका धेरै जातिसमूहहरू उपत्यका छिरेपछि नेवार भएका छन् । कायस्थ र झा पनि छन् नेवार समुदायमा । यी थर तराई क्षेत्रका हुन् । मैले रिमाल नेवार पनि भेटेको छु । यस्तो वर्णवादी समुदाय कसरी जनजाति हुनसक्छ ? अहिलेसम्म मैले बुझ्न सकेको छैन । भ्रममुक्त कुनै नेवार विद्वानले पछि यसको साङ्गोपाङ्गो इतिहास लेखिदिनु भए सबै नेपालीको ज्ञान बढ्ने थियो ।
नेपाली विद्वानहरूले छरेको अर्को भ्रम हो खसआर्य । अर्थात्, उनीहरूको विश्लेषणमा खस र आर्य एकै हुन् । योभन्दा ठूलो अज्ञान नेपालमा केही पनि छैन । नेपालका थोरै र भारतका धेरै विद्वानहरूले खस आर्यबीच आकास जमिनको फरक भएको ज्ञान पस्किएका छन् । ककेसियाबाट झण्डै छ हजार वर्ष पहिले एउटा समूह मानसरोवरको बाटो हुँदै जुम्ला झ¥यो । त्यसलाई नेपाली खस र त्यहाँको भूमिलाई खसान भनियो । यिनीहरूको कुनै धर्म थिएन । उनीहरू वर्षको एकपल्ट मस्टो पूजा गर्थे । मस्टो निराकार सत्य हो । आफ्नो फरक अस्तित्वलाई जनाउन उनीहरू वर्षको एकपल्ट गोठधूप गर्थे । यसलाई कुलपूजा पनि भनिन्छ । यो कुलपूजामा पनि कुनै देवी देवता हुँदैनन् । समूहमा भेला भएर, लोहोरोे जस्तो लाम्चो ढुंगाको पूजा गरेर उनीहरू कुलपूजा मनाउँछन् । किराँतसँगै यिनीहरूको नेपाल बसोबासको इतिहास पनि पाँच हजार वर्षभन्दा पुरानो छ । किराँत र खसहरूको नेपालमा उपस्थिति वैदिक कालभन्दा धेरै पुरानो छ । (पढ्नु होस्, खसजातिको इतिहास अनि खसजाति र कुलपूजा)
आर्यहरू इरानबाट पूर्वदक्षिण लागेका हुन् । सिन्धु घाँटीको उन्नत सभ्यतालाई पराजित गरेर दक्षिण लागेको समूह नै अहिलेका आर्य हुन् । इशाको पाँचौं शताब्दीमा आर्यहरू आफ्ना महागुरु शंकराचार्यसँग कैलाश दर्शन गर्दा पश्चिम नेपालको बाटो उत्तर लागे । शंकराचार्य आफ्नै पिठतिर फर्किए । तर बाठा आर्यहरूलाई नेपालको सुन्दर, शीतल, जडिबुटी र रसिला फलपूmलहरूले लोभ्यायो । युद्ध त उनीहरूको रगतमै थियो । आपूmभन्दा बलिष्ठ शक्तिलाई हराउने इन्द्रका सन्तानहरूले खस राज्य पटापट खाइदिए । खसहरू उनीहरूका लागि अनार्य थिए । शत्रु थिए ।
त्यसैले आर्यावर्त भन्ने शब्दले नेपाललाई वेष्टित गर्दैन । नेपालमा आर्य पनि छन् । अहिलेसम्म शक्तिशाली पनि छन् । राज्य गर्न राजाको सल्लाहकार या पुरोहित हुन सजिलो हुने भएकोले उनीहरूले आपूmलाई राजगुरुमा पदासिन गराउँदै राज्यको उपभोग गरे । यो परम्पराले सत्र शताब्दी खाइसकेको छ ।
आर्यहरूले नेपाल भित्रिँदासम्म एक डङ्गुर देवदेवीहरू जन्माइसकेका थिए । धर्मको आडमा शासन गर्न सजिलो हुन्छ भन्ने ज्ञान उनीहरूसँग थियो । भक्तिमार्गमा लाग्नेहरू स्वर्गमा बास पाउँछन् भन्ने शिक्षा यिनै आर्यजनले दिएका हुन् । हिन्दू धर्मका तेत्तीस कोटी देवता जन्माउने पनि यिनै आर्यपुरुष हुन् ।
चित्त नदुखोस् कसैको । सत्य तीतो हुन्छ । खसहरू ककेसियाबाट पूर्व लागेर जुम्ला छिरेका हुन् भने उपत्यकाबाट पूर्व खेदिएका किराँतहरू ह्वाङ्हो सभ्यताका उपज हुन् । बाँकी जनजातिका बारेमा लेख्नुपर्दा मलाई अलिक अप्ठेरो पनि लागेको छ । मगरहरू खस हुन् । नेपालमा सबैभन्दा लामो समय राज गर्ने समुदाय पनि मगर नै हो । तर, गुरुङ, तामाङजस्ता जातिहरू किराँतहरू आउनुभन्दा धेरै पछि, झण्डै झण्डै दक्षिणबाट नेपाल छिरेका आर्यहरूसँगै उत्तरबाट नेपाल छिरेका हुन् ।
मभन्दा बढी जान्नेबाट यसको खण्डन गरियोस् । संस्कृतमा एउटा भनाइ छ – वादे वादे जायते तìवबोध । अर्थात् छलफल गरेरै निष्कर्षमा पुगिन्छ । आग्रह र भक्तिले हामीलाई कहिल्यै निष्कर्षमा पु¥याउँदैनन् । खोजौं हाम्रा परम्पराहरू, वेद र मुन्धुमहरू, हामी सत्यमा नपुग्ने कुरै हुँदैन ।
मैले लेखेको नै निष्कर्ष होइन । यसलाई खण्डन गर्ने काम होस् विद्वानहरूबाट । नेपाल भारतवर्षको अंग होइन । जतिबेला भारत थिएन, त्यतिबेला पनि नेपाल थियो भन्ने सत्य महाभारतले पनि पुष्टि गर्दछ । महाभारतमा गान्धार थियो जो अहिले अफगानिस्तानमा पर्दछ । कुरुक्षेत्र भारतभित्रै थियो होला तर नेपाल भन्ने राज्य त्यतिबेला पनि एउटा स्वतन्त्र र आत्मनिर्भर राज्य थियो । किराँत त्यो राज्यको शासक थियो ।
अर्थात् आर्य र खसहरू एकापसमा गाभिने जाति समुदाय होइनन् । यिनी एकआपसमा जुध्ने शत्रु समुदाय हुन् । यिनलाई एकैठाउँ मिसाउनु भनेको घाम र हावा एउटै हुन् भन्नुजस्तै हो ।

श्रोत

अनादिवासी खस ! ~ सौरभ

अनादिवासी खस ! ~ सौरभ
पाटो पहिलो
काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा ।
यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा 'क्याष्ट्रेसन' शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए 'अर्किष्टोमी' बन्थ्यो होला, 'भास डिफरेन्स' अर्थात् शुक्रनलीबाट 'भ्यासेक्टोमी' बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए ।
र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्षिणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर(सुन्दरी) शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम(दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि), जसको स्थानीय सदरमुकाम पुराङ/बुराङ/ताक्लाखार हो । तोखारियन मूलको ताक्लाको अर्थ हो-मरुभूमिजन्य, समतुल्य नाम ताक्लामकानजस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो ।
किन्नौर र ङारीका विशाल भूभागमा चल्ल/मल्ल र उनका पूर्वजहरूको साम्राज्य जब थियो भने ती पनि कहलाउने नै भए खस । जसरी १७६९ भन्दा अघिको नेवार संस्कृति प्रचलित इलाकाहरूमा जो(जो थपिँदै र बसोबास गर्दै गए), ती पनि कहलाइँदै गए नेवार ।
यही काशीको अर्को रूप इस्लाम पुरोहित काजी हो । किनभने उसले खतनाको सञ्चालन गराउँछ । खतना सनातनधर्मीको व्रतबन्धजस्तै हो, जसमा हटाइन्छ, जननेन्दि्रयको टुप्पाको छाला (फोरसस्किन) । यसैबाट रूपान्तरण भएर बन्छ, पशुवध र मासुका व्यवसायीहरूको थर कसाब अर्थात् कसाही शब्दको पूर्वरूप, खत शब्दको उत्पत्ति पनि । इस्लाम राज्यमा धर्माधिकारीसरह काजीको महत्त्व हुने भए पनि 'काजी अभिमान सिंह' कस्तो विरूप अनुकरण हो, पाठकहरूले आफैंले बुझ्नुपर्ने कुरा हो । यद्यपि के सत्य हो भने नेवारहरूले काजी र खस दुवै शब्द क्षत्रीहरूकै निम्तिमात्र प्रयोग गर्छन्, बाहुनहरूका निम्ति होइन । यस अर्थमा बाहुनहरूले खसको अर्थ जति बुझेका छन्, नेवारहरूले अन्जानमै पनि धेरै सही र सटिक बुझेका छन् । कि हामी खस होइनौं भनेर कान्तिपुरमा लेख्ने 'कौण्डिन्नयायन' बन्धुहरूले बुझेका छन् । 'कौडिन्नयायन'हरूले सहजै बुझ्ने कुरा होइन पनि यो ।
अर्थात् आज जसलाई खस भनिँदैछ, ती यथार्थमा खस होइनन् । खस संस्कृति भएको इलाकाका वासिन्दामात्र हुन् वा जो त्यस इलाकाबाट गुज्रँदै नेपाल आए । र जो खास खस हुन्, ती लिम्बु(राई लगायत विभिन्न जातजातिका काशी गोत्रभित्र पर्ने मानिसहरू हुन् ।
पाटो दोस्रो
मध्यएसियामा कजाखस्तान नाउँको देश छ । नभन्दै सँगैको रूसी भाषामा बाख्रीलाई कजा भनिन्छ र खसीलाई कास्त्रिरोवाली । जुन कास्त्री झट्ट सुन्दा खसी नै जस्तो लाग्छ । र नभन्दै कजाखस्तानमा एउटा जाति छ किरेत, अवश्य नै मङ्गोल मूलको हो । रेशम मार्गमा पर्ने यहीँबाट काशगरको त्यो चलनको ज्ञान युरोप पुग्यो 'क्याष्ट्रेसन'मा रूपान्तरण हुनलाई, जसरी मार्कोपोलोको हातबाट चाउचाउ युरोप पुग्यो, स्पाघेट्टी (पानीरोटी) हुनलाई । यद्यपि चाउचाउको खास अर्थ चाउचाउ जातको कुकुरको त्यान्द्रे मासु हो । मार्कोपोलोको देश इटालीसँगैको गि्रसमा त बाख्रीलाई काशिका भनिन्छ नै ।
कजाखस्तान जोडिन्छ, पश्चिममा काशगरसहितको वर्तमान सिनकियाङसँग र पूर्वमा काशगरको संस्कृतिबाट प्रेरित नाम लिएको क्यास्पियन सागरसँग । विश्वको पाँचौं ठूलो राष्ट्र कजाखस्तानको स्टेपी (घाँसेमैदान) प्रख्यात छ, घोडचढीहरूले विशालकाय बाख्राबथानहरू चराउनका निम्ति । अर्थात् सम्भवतः बाख्रा र घोडालाई खसी र खच्चर बनाउने प्रथाको थालनी यही ठाउँबाट प्रेरित छ । दाङमा थारूहरूले कुखुरालाई खसी पारेर 'बदिया भाले' बनाउने चलन पूर्वमा किन छैन ? यहाँनिर विचारणीय छ ।
यी लेख्दै गर्दा पङ्क्तिकार जान्दछ, उसको ईमेलमा कतै नभएको 'दुईवटा विद्यावारिधी'हरूले, मङ्गोलियामा घरलाई ओइरात भन्छन्, त्यसैबाट किरात शब्द बन्छ भन्दै फेरि पनि लेखिपठाउनेछन् । तर ओइरात जाति कजाखस्तानको सुदूर पश्चिममा छ ।
बाहिङखम्बु पनि एउटा हो, माझकिरातलाई चिनिने नामहरूमा । काशमिर छेउको काङ्गडामा ९९ किला भएको किरात सम्वरलाई हराइएको प्राचीन प्रसङ्ग छ । नभन्दै बाहिङ राईहरूमा तोलोचा थर हुन्छ र कशमिरको भ्यान्दर उपत्यकामा तोलोचा किरात बस्छन् पनि । गोपाल राजवंशावलीले पनि अरुण र तमोरबीचका (आजको अर्थमा राई) लाई मात्रै किरात तोकेको छ । उनीहरू रहेको 'कोशी' प्रदेश नाम समुद्रबाट सय मिटरको उचाइमा मात्र पाइने कुश (डेस्मोटास्या विपिनाटा) बाटै रह्यो भन्न गाह्रो छ । किनभने त्यो नेपालभित्रकै सय मिटरमा मात्रै पाइन्छ भन्ने होइन । यो एसिया र अपि|mकाका उष्ण र शीतोष्ण सबै इलाकामा पाइन्छ । यही कोशी भारतको उत्तरप्रदेशको जुन नदीमा मिसिन्छ, त्यो बगेर जाने किनारले पनि नाउँ पाउँछ,काशी ।
तामाङहरूको विवाहमा केटापक्षबाट सगुनस्वरूप पठाइने मदिराको विशेष नाम हो, कर्जेल पोङ । तर यो कर्जेल यथार्थमा कज्योल (बाख्रो) को मासु र पोङ (रक्सीको भाँडो) हो । यद्यपि आजका दिन मदिरामात्रै हो भन्ने बुझिन्छ । जसरी एक भुजेल केटा पहिलोपल्ट ससुराली जाँदा लठ्ठीमा सिउरेर जानुपर्ने वस्तु हो, सहर माछा (बार्बस पटिटोरा) र मूलापाते (एलिफान्टापस स्काबर), लोकजीवनको भियाग्रा, तर जाने गर्छन्, मूलाको पात सिउरेर । यसले पनि तामाङहरूलाई काशगरको संस्कृति अवशेष बोकेको 'खस' नै बनाउँछ ।
थकाली जाति भन्ने गरिन्छ । तर थकालीको शुद्ध रूप नेवारी भाषाको जेठोबाठो बोधक थकाली होइन । जो तराईबाट भित्रिएको ठाकुर शब्दको नेवारी रूपान्तरण थकुबाट बनेको हो । बरु थाकाली हो, थाकखोलाबाट बनेको, मार्फावासीलाई मार्फाली भनेजस्तै । त्यसभन्दा अघि थाक्से भनिन्थ्यो । यीभन्दा पनि पर उनीहरूकै देवी हुन्,नरिझ्योब, जसको शुद्ध रूप हो,ङरिझ्योब अर्थात् तिब्बतको ङारिकी देवी, जो पर्छ, प्राचीन खसान राज्यमा । यसरी थकालीहरू नै पनि कार्यकारणले खस हुन् । संस्कृतको पानीबोधक नारबाट नारायण बन्दछ र नेवारी अनेक भाषामा माछाबोधक र पानीबोधक 'ङा' यसैबाट आउँछ । भूपतीन्द्र मल्लकालीन भजनमा नेपालको ठाउँमा ङेपाल लेखिएकै छ पनि ।
ग्याङमी थर हुन्छ, मगरहरूमा पनि, जसलाई याक्खामा क्याङमी भनिन्छ, यसको अर्थ हो, चिनियाँ,यद्यपि यो सर्वनाम हो । गोरो र पातलो बोधकलाई नेवारीमा चिनियाँमान, नेपालीमा मुरली र खोस्तमा बेलायती भनेजस्तै । तर चीनमा प्रान्त छ, ग्याङसुदो, जो मङ्गोलियासँग जोडिन्छ पनि । अनि एउटा थर हुन्छ पुन, जो बोनको अपभ्रंश हो । यही बोनको रूपान्तरण हो, तामाङहरूको पवित्रतम कलश 'भोम्बु', अमि्रसो (थाइसानोलाइना मेक्सिमा) हालिने, जो दिशापखाला प्रतिरोधक रहेकाले पूज्य (ल्हाटुङ) भएको हो । अनि बोन धर्मको केन्द्र हो, ङारी प्रदेशभित्रकै कैलाश जसका आदिप्रवर्तक हुन्, दोर्जे शेराब । यसरी मूलतः बोन धर्मावलम्बी मगर र तामाङहरू फेरि पनि कार्यकारणले खस नै हुन् ।
नेपालभित्र लिम्बुको रट लगाइरहे पनि साङे भन्छन्, सिक्किम र भुटानका लिम्बुहरूले नेपालका लिम्बुलाई । अनि नेपालका लिम्बुले पनि उताका लिम्बुलाई साङे नै भन्छन् । यो साङ भनेको ताप्लेजुङपारिको तिब्बती भूभाग हो । यहीँबाट बग्ने नदीको नाम साङ्पो हो, जो आसाम छिरेपछि ब्रह्मपुत्र र बङ्गलादेश पुगेपछि मेघनाजस्ता नामहरू लिँदै बङ्गालको खाडीमा र्झछ । उनीहरूको काशी गोत्रको उल्लेख त माथि नै गरियो ।
पच्युँ र क्याबि्रका माध्यमबाट संस्कार चलाउने गुरुङहरू बोन भएपछि ती पनि कार्यकारणले खस त हुन् नै । त्यसभन्दा एक कदम बढेर तिनले आफ्नो बसोबासको थलो नै काशगरबाट प्रेरित रहेर कास्की (काशिकी) राखेको बुझिन्छ । भलै संस्कृतज्ञहरूले त्यसलाई कौशिकी र कश्यप (चिसाखोलाको सन्दर्भमा योगी नरहरिनाथ) सँग जोडिरहुन् । (यद्यपि कश्यप संहिताको 'फाइटोज्योग्राफी' चिसाखोलासँग ठयाम्मै मेल खान्छ ।)
पुछारमा
एउटा उदाहरण- खान्चाखान र मिचाखान पूर्वज रहेका यी शाहहरू मुसलमान हुन् भनेर पटक(पटक लेखिरहन पनि हाम्रा जातिवादीहरू कहिल्यै थाकेनन् । अरू किसिमले भन्न नसकेर त्यस हदसम्म खसाल्न उद्यत छन्- वामपन्थी खोल ओढेका जातिवादीहरू ।
तर तिनले बुझ्नुपर्ने कुरा के हो भने चङ्गेजखान वा कुब्लाइखान मुसलमान थिएनन् । मालिकबोधक तातार/मङ्गोलियन/टर्किस शब्द कानबाट खान बन्छ । जसरी त्यसैबाट संस्कृतको पतिबोधक कान्त र पत्नीबोधक कान्ता । यद्यपि यो आफैंमा राजाबोधक मङ्गोलियन शब्द हो । तिनको राज्यलाई भनिन्छ, खानेट । खानबाट तरवारबोधक खाँण शब्द पनि बन्छ, जुन कुनै बेलाको राजचिह्न पनि हो । जसरी उर्दूको तरवारबोधक शम्शीरबाट धीरशमशेरको मध्य नाम शमशेर, जसरी कोतपर्वकालमा मारिने भवानी सिंहको मराठीको तरवारबोधक भवानी, जसरी खड्गबोधक खड्का र खड्गी, जसरी चुपीबोधक बर्फोङबाट लेप्चा थर बाराफोङ । त्यस्तै बादशाहबोधक मङ्गोलियन शब्द खगानबाट नेपालीको तरवारको म्यानाबोधक खगाम । शुद्ध नाम खानचा खाँण हो राजा र तरवारबोधक, जङ्ग (युद्ध) बहादुर (वीर) भनेजस्तै । तर जातीय पूर्वाग्रह त मूर्ख हुन्छ नै । त्यसमा के आश्चर्य ?
दोस्रो उदाहरण- डोटी र बझाङका प्राचीन राज्य डुम्राकोट र उदुम्बरपुरीलाई इतिहासकारहरू पटक(पटक डुगरसिंहबाट बसाइएकाले डुङराकोट भएको हो भनिरहन्छन् । जबकि ऐतरेयब्राह्मणले पानैपिच्छेजस्तो भनिरहेको छ- त्यो क्षत्री क्षत्री होइन, जसले डुम्रीको दूध पिउँदैन । र नै ती डुम्राकोटहरू प्राचीन रजौटाहरूले डुम्री रोपेर पवित्रतम पारेका राज्यहरू हुन् भनेर स्पष्ट हुन्छ । तैपनि शैक्षिक पृष्ठभूमि नै संस्कृत भएकाहरूले समेत नभएको पात्र डुगरसिंहलाई खोज्ने प्रयास कायम छ । आफैं गुज्रेको बाटो डुङ्गाले चिन्दैन भने त्यसमा के आश्चर्य ?
तेस्रो उदाहरण- फलामे युगमा मात्रै आएर बन्छ घन । त्यसैले पाषाण युगमा बन्चरोको मात्र प्रयोग हुन्छ, घनको होइन । यति सर्वसुलभ ज्ञान नराख्नेले नर्वेको थोरले घन प्रयोग गर्थे बन्चरो होइन भन्नुमा के आश्चर्य ? सालको परागकणबाट फेब्रुअरी बन्दछ, वैदिक अगस्ति नक्षत्रका बेला पर्छ, मनसुन । त्यसैबाट अगष्ट आउँछ । मे र मार्च नै मास (महिना) बाट बन्छन् । तैपनि ग्रेगरीका सात महिना किन संस्कृतबाट बनेनन् भनेर सोधिन्छ भने ती बालसुलभ अज्ञानताहरूमा के आश्चर्य ?
(यहाँनिर पङ्क्तिकार फेरि पनि जान्दछ, नर्वेको नाम पर्नेबित्तिकै 'हाम्रो आश उपन्यास सुपरमार्केटबाट किनेर पढिदेऊ' भन्दै नर्वेजियन दूतावासले पङ्क्तिकारलाई 'तिम्रो लेख पढेका छौं' भन्ने प्रोक्सी ई-मेल पनि पठाउन छाड्दैन ।)
अन्तिम पाटो
विडम्बना के छ भने जाति, जनजातिका नाममा राजनीति गर्ने, देश भनेको आफ्नो पारिवारिक बपौतीजस्तो टुक्रा(टुक्रा बाँड्न मिल्छ ठान्ने वामपन्थी बुज्रुकहरू र आफूले आर्जन नगरेको राज्य माग्ने मगन्तेहरूले आदिवासी शब्दको परिभाषा के हो पहिला दिन सक्नुपर्छ ? युरोपियन युनियन नर्वे, स्वीडेन, डेनमार्क लगायत भ्याटिकन र प्रोटेस्टेन्टहरूले आफ्नो धर्मविस्तारका लागि दिएको परिभाषा एक नेपालीका लागि कदापि मञ्जुर छैन र हुँदैन पनि । खस को हो र को होइन भन्ने व्याख्या त एउटा रमाइलो पक्षमात्रै हो । यसै अन्तर्गत खाटी खसले खसलाई गालीका नाममा आकाशतिर फर्किएर थुकिरहन्छन्, तर त्यो आफ्नै अनुहारमा पटक पटक परिरहन्छ भने त्यसमा पनि के आश्चर्य ?

Courtesy https://khas-people.blogspot.com

Who was Aramudi?

Was Aramudi a Magar? Need for Scholarly Researches through Magars’ Lens
SB Pun
January 2015
(Magh, 2071)
Aramudi in Kalhan’s Rajatarangini:

The Kashmiri historian, Kalhan, lived in the middle of the 12th century AD when the once powerful Kashmir Kings were very much on the wane. He was, in fact, a contemporary of the last Kashmir king. Kalhan’s celebrated Rajatarangini, A Chronicle of the Kings of Kasmir, is a five hundred years’ historical record of the Kashmir Kings from the 7th/8th century AD. According to MA Stein , the British scholar who in the late 19th century translated Kalhan’s Rajatarangini, King Jayapida ruled Kashmir in the ‘years AD 751 – 782 but in all probability fell much closer to the end of the eighth century, few authentic details seem to have been recorded.’ King Jayapida expanded his empire conquering large parts of northern and central India. During his territorial expansion, King Jayapida was, however, defeated and even captured by Aramudi in a battle on the bank of the river ‘Kala Gandak’. Dr. Dilli Raman Regmi quotes Kalhan’s following Rajatarangini verses, as translated by RS Pandit, to provide a vivid and enlightening description of the Jayapida versus Aramudi battle fought over 1200 years ago:

The Raja named Aramudi, skilled in magic, protector of Nepal, endowed with the arts of peace and war planned to over-reach him(531).
When Jayapida entered his principality he did not make his submission but retired from before him to a great distance with his army(532).
Thus, it was that he, who was ambitious to conquer, inflicted, while in pursuit of Aramudi, defeats on the various ruling princes which would have necessitated special efforts to achieve (533).
He was occasionally visible just like to the hawk the pigeon in the thicket (534).

At this time on the further bank of the river on the right of the king was found posted Aramudi displaying his army with the emblem of his own parasol (537).
Seeing his powerful army which resounded with the rattle of massed kettle drums, Jayapida flared up like fire which was absorbed melted butter (538).
He, on seeing that the river water, which was knee deep, was no impediment, in his anger, plunged in to cross, unacquainted with the terrain as he was from never having been before (539).
When the king had reached the middle, the river was filled by the rising tide and unexpectedly became unfathomably deep with the waters (540).
The king’s army teeming with men, elephants and horses sinking in the river, which was rising in the manner, in a trice came to an end (541).
The king, whose ornaments and clothes were torn off in the rushing waves, penetrated the waves with his arms and carried off far by the flood waters (542).
With the pitiful shrieks of the one army, the triumphant shouts of the other and with the roar of the waves of the river, the direction became full of tumult (543).
The enemy made haste and with armed men on inflated skins, he drew out Jayapida from the midst of the river and took him prisoner and held a feast (544)
his confidence (546).
Thus the Kashmiri king was once more submerged in adversity and, puzzled as to what should be done, was consumed by concealed sorrow (547).

Together with fortune of Jayapida, I shall deliver to you the throne of the king of Kashmir, thus through the emissaries, Aramudi heard the message (553)
When upon the arrival of the emissaries of the opposite side, the agreement was complete (554).

Who was Aramudi?

This, then, is the fascinating account by a Kashmiri historian about how his own powerful King Jayapida suffered an ignominious defeat on the bank of Kala Gandak at the hands of an obscure Aramudi. Now who was this Aramudi? According to Dr. KP Jayaswal, Aramudi in Kashmiri means a monk and hence identified him as Varadeva of Bendall’s chronicle. This chronicle relates a story about Varadeva’s life of renunciation as a monk and Jayaswal conveniently concluded that the above fight was between Varadeva and Jayapida. On the other hand, Professor Sylvian Levi, along with MA Stein, believed Aramudi was a Tibetan King as Aramudi is a Tibetan word. This was vehemently refuted by Dr. DR Regmi who believed that Professor Levi suffered from that ‘innate prejudice to give credence to anything glorifying Tibet.’ Both Regmi and Stein state that the name Aramudi does not appear in the traditional lists of Nepal Rajahs. In fact, Regmi finds this very strange – a name so eloquently appearing in Rajatarangini and yet traced nowhere in Nepal’s history.

Regmi believed that ‘Aramudi in all possibility was a king of the Gandak region. He might act as well as a ruler of a native dynasty of Magars. The Magar vocabulary might provide a clue to the meaning of the word Aramudi in its historical setting. But scholars with a competent knowledge of linguistics and Indo-Mongloid dialects are needed for the task.’ There is, thus, the task for the Magars to delve into this Aramudi issue in an impartial and scholarly manner. Aramudi now needs to be researched through the Magars’ lens. We have seen above how Jayaswal and Levi through their lens interpret Aramudi as a Kashmiri and Tibetan respectively. Regmi, however, has thrown the gauntlet to the Magars that as the battle was fought on the bank of Kala Gandak, Magarat, the land of Magars, Aramudi could very well be a Magar!
Aramudi Need to be Researched through Magars’ Lens:

The call for Aramudi to be studied through the Magars’ lens is eloquently illustrated by the following translations of the same Rajatarangini verses by RS Pandit and MA Stein:

(531) The Raja named Aramudi, skilled in magic, protector of Nepal, endowed with the arts of peace and war planned to over-reach him. RS Pandit

531. King Aramudi, who ruled Nepal, and who was possessed of wisdom and prowess, wished to prevail over him by cunning. MA Stein

(541) The king’s army teeming with men, elephants and horses sinking in the river, which was rising in the manner, in a trice came to an end. RS Pandit

541. Then the king’s army, with its mass of men, elephants and horses, was washed away by the swollen river, and destroyed in a moment. MA Stein

(554) When upon the arrival of the emissaries of the opposite side, the agreement was complete. RS Pandit

554. When an agreement had been arrived at, on the arrival of the envoys sent in return [by Aramudi], the minister, accompanied by an army, proceeded to the land of Nepal. MA Stein
It is said that beauty is in the eye of the beholder. One can see that the above three same verses of Rajatarangini are translated differently by Pandit and Stein. Whereas Pandit viewed Aramudi as the protector of Nepal, Stein saw him as the ruler of Nepal. One can draw a fine line between the protector and ruler of Nepal. Pandit’s translation of ‘men, elephant and horses sinking in the river which was rising’ is not as easy to understand as Stein’s ‘mass of men, elephants and horses was washed away by the swollen river’. Similarly, while Pandit translated ‘[Aramudi] was occasionally visible just like to the hawk the pigeon in the thicket’, Stein translated that same verse in a more difficult manner as ‘sometimes kept in hiding and sometimes showed himself, in pursuit from land to land, as the eagle [pursues] the dove in the thicket.’ Pandit’s hawk and pigeon get transformed into eagle and dove in Stein. These examples are illustrated merely to stress the need for Aramudi to be researched through the Magars’ lens. JC Dutt, who translated Rajatarangini into English, commented in March 1887 that Kalhan’s love for alliteration and artistic styles clouded many of his passages, making them difficult to translate. Dutt, however, was of the opinion that though the materials were meager and incomplete, Kalhan’s historical records are generally correct.

Aramudi’s Ignominious End:

563. When the clever [minister] had obtained the consent of the duped [Aramudi], he went to the imprisoned King Jayapida. MA Stein

579. As soon as he had reached his army, he at once invaded the kingdom of Nepal and destroyed it completely, together with its ruler. MA Stein

The clever minister, who came from Kashmir to rescue his King Jayapida and skillfully duped Aramudi, was Devasarman. The faithful Devasarman killed himself so that the imprisoned Jayapida could jump from his stone building imprisonment into Kala Gandak and across the river floating on the dead minister’s body. Once free, a thoroughly bitter and angry Jayapida then invaded Nepal and destroyed it completely together with Aramudi. This massive destruction of Nepal and the fleeting victory of Aramudi, so faithfully documented by Rajatarangini, failed to be registered in Nepal’s chronicle.

The End

History of Magar

Bista, D. B. (1994). Fatalism and Development: Nepal’s Struggle for Modernization. Publisher: Orient Longman Limited, Calcutta 700072, [First published 1991 & Sixth impression 1994].

Annotation by: Dr. Govind Prasad Thapa
in Indigenous Magar of Nepal: An Annotated Bibliography, Magar Studies Center, 2018

In this book, the author “examines aspects of cultural and social organization of Nepali society, as they have an effect on Nepal’s development.” The author attempts to “isolate key factors in Nepali society that are retarding and diminishing its efforts to development. This book is based on observations made over thirty years on Nepal’s attempts to develop and respond to change.” (P. 6). The author further elaborates the caste system and its impacts on development as, “Thakuri, Chhetri and Matwli people in the far western hills of Nepal are not divided rigidly by caste cleavages. Economic or political considerations tend to divide people rather than caste distinctions. All the major groups of people eastward from the far west are defined ethnically rather than by caste, such as Magar, Tharu, Gurung, Thakali, Sherpa, Tamang, Sunuwar, Thami, Rai, Limbu, Danuwar, Dhimal, etc. Increasing agitation by pundits in support of the nation-wide extension of the caste system has had a direct influence on consolidating the ethnic identity of these various groups within Nepali society. This increased sense of ethnic solidarity is a result of the defensive reaction against the intrusive and dominating activities of the Bahun-Chhetri. The various groups of people who do not have caste groupings have no way maintaining group solidarity other than through their ethnic groups. This leads to the emphasis on ethnic identity.”(pp.55-56)