मगर अध्ययन केन्द्रको संस्थागत विकासः प्रारम्भदेखि आजसम्म

मगर अध्ययन केन्द्रको संस्थागत विकासः प्रारम्भदेखि आजसम्म

डा. गोविन्द प्रसाद थापा
मगर अध्ययन केन्द्रको अधिवेशनमा प्रस्तुत प्रतिवेदन

२०७८ फागुन २१ शनिवार

यस मगर अध्ययन केन्द्रको इतिहास कोटयाउँदा २०५७ सालदेखी नै अनौपचारिक रुपमा दर्जनौ पटक विभिन्न महानुभावहरूको घर घरमा छलफलको कार्यक्रम हुने गरेको थियो । यस क्रममा सर्वप्रथम Teaching Hospital का Dean Dr. Trilok Pati Thapa को कार्यकक्षमा छलफल भएको थियो । त्यस्तै गरी ततकालीन डिआइजी गोविन्द प्रसाद थापा, त्रिलोक सिंह थापा, डा. बलराम थापा र सन्त बहादुर पुनका घरहरुमा बैठकको आयोजना गरिएको थियो । प्रारम्भमा कुनै पनि संस्थाको स्थापना नगर्ने सोच हुँदा हुँदै पनि कालान्तरमा संस्थागत रुप दिन आवश्यक ठानियो । यि भेलाहरुमा भूपू मन्त्री गोरे बहादुर खपाँगी, एम एस थापा र त्रिलोक सिह थापाको निकै ठुलो सहयोग र सुझाव हरू प्राप्त भएको थियो । त्यस्तै गरी पूर्व मन्त्री श्री बलराम घर्ति मगरको समेत योगदान लार्इ पनि विर्सन सकिदैन ।

२०५९÷÷२० गते गोविन्द प्रसाद थापाको अध्यक्षतामा ९ संसदिय तदर्थ कार्यसमिति गठन गरिएको थियो । त्यस बखत गठन गरिएको कार्य समितिले २०६२÷÷१ गते सम्म अविच्छिन्न रुपमा काम गरयो । उक्त कार्यसमितिको गठन र कार्य विभाजन निम्न बमोजिम भएको थियो ।

अध्यक्ष – गोविन्दप्रसाद थापा

उपाध्यक्ष – दिल बहादुर थापा

      महासचिव – त्रिलोक सिंह थापा

      सचिव–     यम बहादुर झेडी

      कोषाध्यक्ष – खिलध्वज थापा

      सदस्य– डा. बलराम थापा

सदस्य– त्रिलोक पति थापा

सदस्य– सन्त बहादुर पुन

सदस्य– बसुन्धरा थापा

नेपालको आदिबासी, जनजातिहरू मध्ये सबै भन्दा बढी जनसंख्या ओगटने मगर जातिको इतिहास, मूल, धर्म, संस्कृति, भाषा र सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनैतिक क्षेत्रसँग सम्बन्धित विषयहरू खोज, अनुसन्धान गर्ने उद्देश्यले २०५९ साल माघ १७ गते औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डूमा दर्ता गरिएको थियो । यो केन्द्र २०५९÷११÷३० गते समाज कल्याण परिषद्सँग पनि आवद्ध भएको छ ।

२०६२÷÷१ मा ललितपुरको धोवीघाट स्थित हिमालयन इन्टरनेशनल आइडियल स्कुलमा मगर अध्ययन केन्द्रको साधारण सभा बस्यो र उक्त सभाबाट नयाँ कार्यसमितिको निर्वाचन लगायत अन्य महत्वपूर्ण निर्णयहरू भयो । नव निर्वाचित कार्य समितिको पदाधिकारीहरूका जिम्मेवारी समेत निम्न बमोजिम रहेको थियो ।

अध्यक्ष – डा. गोविन्दप्रसाद थापा

उपाध्यक्ष – दिल बहादुर थापा

महासचिव – कृष्ण बहादुर थापा छन्तेल

सचिव– मधुमालती बुढाथोकी

कोषाध्यक्ष – गुप्त बहादुर राना

सदस्य– सन्त बहादुर पुन

सदस्य– श्यामु थापा

सदस्य– उमेश राना

सदस्य– फटिक थापा

सदस्य– डा. बलराम थापा

सदस्य– डा. त्रिलोकपति थापा

उक्त साधारण सभाले त्रिलोक सिंह थापा र खिलध्वज थापालाई सल्लाहकारमा मनोनित ग¥यो । यस वाहेक मगर अध्ययन केन्द्रको विधानमा समसामयिक सुधार गरयो ।

केन्द्रका गतिविधिहरूः

२०५९÷१२÷१ मगर अध्ययन केन्द्रको ब्रोसर तैयार गरी प्रकाशन गर्ने निर्णय भए अनुसार २ जुलार्इ २००४ गते दुई हजार प्रति ब्रोसर प्रकाशित गरिएको ।

२०५९÷१२÷२२ मा मगर अध्ययन केन्द्रको परिचयात्मक कार्यक्रम सम्पन्नगरिएको थियो . र्इन्जीनियर सन्त बहादुर पुनले त्यस अवसरमा ‘Mungars of Yore’ बारेमा प्रकाश पार्नु भएको थियो । सोही अवसरमा केन्द्रको बेब साइट https://magarstudiescenter.org को शुभारम्भ समेत गरिएको थियो । पूर्व प्रहरी महानिरीक्षक श्री खडगजीत सिंह बरालज्यूले यस केन्द्रलाई सहयोग स्वरुप रु. २००००÷–(वीस हजार) प्रदान गर्र्नु भएको थियो । केन्द्रलार्इ प्रारम्भमा सहयोग गर्ने हरुमा आइजीपी सहबीर थापाले एक सेट डेस्कटप कम्प्युटर, डा. गोविन्द प्रसाद थापाले स्टेशनरीका लागी रु २७६५२।, डा. बलराम थापाले कार्यालयकालागी स्टेशनरीका सामानहरू, शिबराज थापा र तुल बहादुर श्रीसले प्रत्येक वर्ष जनही रु ५०००।०० प्रदान गर्नु भएको थियो ।

यस संस्थाले नेपाल प्रज्ञाप्रतिष्ठान तथा अन्य संघ संस्थाहरु संग मिलेर कयौं गोष्ठि हरु आयोजना गरेको छ । साथै आफनो प्रत्येक साधारण सभामा सामाजिक विषय वस्तु हरुमा गोष्ठिको आयोजना गर्ने गरेको छ । यसका साथै प्रज्ञा प्रतिषठानका प्राज्ञ समेत सदस्य रहेको एउटा मगर अध्ययन समिति गठन गरिएको छ ।

२०६१÷÷१९ गते राष्ट्रिय प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा (NASC) मगर संघ–संस्थाहरूको विविध पक्ष–सवल, दुर्वल, चुनौति र अवसर उपर एक दिने कार्यशालाको आयोजना गरिएको थियो । उक्त कार्यशाला गोष्ठीमा मगर समुदायका विविध क्षेत्रमा कार्यरत ९ वटा संघ–संस्थाहरूको उपस्थिति रहेको थियो ।

२०६१÷÷१६–१९ गते भार्सेली सेवा समाजसँग संयुक्त रुपमा अनुसन्धानमा सुपरभाइजर र गणकहरूको भूमिका विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यशालामा त्रिभुवन विश्व विद्यालय लगायत अन्यत्र अध्ययनरत विद्यार्थीहरूको सहभागिता उल्लेखनीय रुपमा रहेको थियो ।

२०६१÷÷८ गते बसेको कार्यसमितिको बैठकले मगर अध्ययन केन्द्रको विद्धमान विधानमा संशोधन गरी अध्ययन केन्द्रको “शोधमाला” (Research Journal) नामक जर्नल प्रकाशन गर्ने समेत निर्णय गरिएको थियो । यसै क्रममा शोधमालाको पहिलो अंक २०६१ माघ १७ गते प्रकाशित गरिएको थियो ।

२०६१÷१०÷१९ गते श्री जुक्ती प्रसाद पुनद्वारा तैयार गरिएको खाम मगर पाङ्ग–नेपाली–अंग्रेजी शब्दकोषको १००० प्रति प्रकाशन गरिएको थियो । मगर अध्ययन केन्द्रको त्यो पहिलो प्रकाशन थियो जसको लागतको सम्पूर्ण खर्च रु ८००००।०० एआइजी डा. गोविन्द प्रसाद थापाले दिएका थिए ।

यस संस्थाबाट २०६२ माघ २० गते प्राध्यापक सन्त बहादुर गुरूङको अध्यक्षतामा आयोजित गोष्ठिमा डा.श्यामु थापाले ‘Causes and impact of conflict among Magars in Western Nepal’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  

२०६२ सालमा यस केन्द्रले अठार मगरातका मगर हरूको परम्परागत साँस्कृतिक संस्कारहरू तथा धार्मिक आस्था सम्बन्धि अध्ययन गरेको थियो ।

२०६३ श्रावण ६ मा व्यवस्थापिका संसद तथा राज्यको पुनर्संरचनाका बारेमा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

२०६५ माघ १८ मा यस संस्थाले डा. महावीर पुनको आविस्कार केन्द्रको गतिविधि बारे गोष्ठि को आयोजना गरिएको थियो । सोही अवसरमा उहाँलार्इ मगर अध्ययन केन्द्रको मानार्थ सदस्थता प्रदान गरिएको थियो ।

२०६७ असोज २३ मा नेपालमा पानीको राजनीति र जलविद्धुत विषयमा गोष्ठिको आयोजना गरीएको थियो । सो अवसरम इन्जीनियर सन्त बहादुर पुनले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

२०६७ माघ १६ मा पश्चिमाञ्चल क्षेत्रमा प्रचलित लोकगीत एवम् नाचहरूका बारेमा गोष्ठिको आयोजना गरिएको थियो । यस अवसरमा डा. मीन श्रीसले नाचहरूका विविध पक्ष बारे धारणा राख्नु भएको थियो ।

२०६७ माघ २२ मा अयोजित गोष्ठिमा राष्ट्रिय योजना अयोगका सदस्य डा. गणेश गुरूङ बाट नेपालमा रोजगारी र रेमिटयानसका बारेमा कार्यपत्र प्रस्तुत गरीएको थियो । सोही अवसरमा नेपाली मगर अंग्रेजी भाषाका शब्दकोशका लेखक हीरा सिङ थापा मगर लार्इ मगर अध्ययन केन्द्रको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

२०६८ माघ १६ गतेका दिन कर्नेल डा. प्रेमसिह बस्नेतले नेपाली सेनामा मगरहरूको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा विश्नु सिङजालीमगरको पुस्तक मगर भाषा ढुटाङ विमोचन गरिएको थियो ।

२०६९ श्रावण ५ गते डा. विपिन अधिकारी बाट नेपालको समसामयिक राजनितीक विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

२०६९ माघ २० मा International Union for Conservation of Nature (IUCN) को नेपाल प्रतिनिधि डा. यम बहादुर मल्लले ‘Community Forestry: A key strategy for securing sustainable livelihoods and environmental protection in Nepal’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

२०७० भाद्र २१ मा यस संस्थाले अदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले तयार गरेको ‘Peace building through dialogue on indigenous nationalities rights project’ को मूल्याँकन प्रतिवेदन प्रस्तुत गरेको थियो ।

२०७० श्रावण २६ गते यस मगर अध्ययन केन्द्र र दूनसमाज नेपालले संयुक्त रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देहरादुनको इतिहास र सामाजिक जीवन विषयक गोष्ठिमा डा. सुरेन्द्र केसी र विषणु प्रभातले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

            २०७० भाद्र २२ मा घाटु नाच बारे राष्ट्रिय गोष्ठिको आयोजना गरिएको थियो । उक्त अवसरमा पाल्पा, तनहु, स्याङजा, बागलुङ, नवलपरासी र गोर्खा जिल्लाका प्रतिनिधि हरूले घाटु नाचका बारेमा विवरण प्रस्तुत गरेका थिए ।

      २०७० अश्विन १ गते मगर पुजारी रहेका प्रसिदध देवस्थालहरू नामक पुस्तकालागी डा. मीन श्रीस लार्इ राष्ट्रपति बाट साझा लोकसंस्कृति पुरस्कार प्रदान गरिएको थियो ।

२०७० माघ १३ गते मगर अध्ययन केन्द्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा मगरजातिको उत्पति, इतिहास र नामाकरण विषयमा गोष्ठिको आयोजना गरिएको थियो ।

२०७१ माघ १७ गते मगर समाजमा प्रचलित झाँक्रीवादी परम्परा(दर्शन) बारे गोष्ठिको आयोजना गरिएको थियो । उक्त कार्यक्रमा डा. जगमान गुरूङ बाट टिप्पणी गरिएको थियो ।

२०७३ भाद्र ३ गते रूकुम, रोल्पा र डोल्पाका मगर जातिहरूको संस्कृति विषयक गोष्ठिको आयोजना गरिएको थियो । यस अवसरमा मगर अध्ययन केन्द्रले स्थलगत रूपमा अध्ययन गरेको प्रतिवेदन उपर छलफल गरिएको थियो ।

२०७३ चैत्र १३ गते मगर भाषा साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो ।

२०७४ भाद्र ७ मा नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रले मगर र मग्यार भाषाको तुलनात्मक अध्ययन बारे गोष्ठि गरेको थियो ।

२०७४ भाद्र ३ मा मगर जातिका परम्परागत लोकगीत नृत्यहरू विषयक अध्ययन को निश्कर्ष बारे गोष्ठिको आयोजना गरिएको थियो ।

२०७४ फागुन ३ मा मगर भाषा, व्याकरण तथा शब्दकोश निर्माण विषयक कार्यशालाको आयोजना गरिएको थियो ।

२०७५ श्रावण १८ नेपालका अदिवासी मगरः सन्दर्भ विवरणिका प्रकाशित गरिएको थियो ।

२०७५ फागुन १८ मा मगरजातिको लोपोन्मुख गीति नाटक जीवैमामा जोमारे विषयक गोष्ठिको आयोजना गरिएको थियो । यो गीति नाटक २०७६ मा नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानमा समेत प्रस्तुत गरिएको थियो । उक्त नाचका लागी मगर अध्ययन केन्द्र पुरस्कृत समेत भएको थियो ।

२०७६.५.१४ गते तिब्बत चीनको गान्सु प्रान्तमा बसोवास गर्ने मङगुर जातिकाबारेमा गरिएको अध्ययनको साराँश डा. गोविन्द प्रसाद थापा बाट प्रस्तुत भएको थियो । नेपालका मगर र मङगुर हरू बीच भाषिक तथा साँस्कृतिक सम्बन्धकाबारेमा स्थलगत रूपमा अध्ययन गर्नु पर्ने आवश्यक रहेको विचार व्यक्त गर्नु भएको थियो ।

२०७६.६.२५ गते भारतको आसाम, दार्जिलिङ, कालिङपोङ तथा भूटानका मगर संघका पदाधिकारी हरू संग बैठकको आयोजना गरिएको थियो । यस भेटघाटबाट भारतका मगर र नेपालका मगर संघसंस्थाहरू बीच सोहार्दता र सहयोगको वातावरण विकसित भएको छ । कालान्तरमा मगर अध्ययन केन्द्रले भारत भ्रमणको कार्यक्रम समेत राख्ने योजना बनाएको छ ।

२०७६ माघ १६ र १८ गतेका दिन ललितपुरको भैसेपाटी र काठमान्डुको दहचोकमा पृथ्वीनारायण शाहका साथमा आएका मगर सैनिकहरूका परिवारजन हरू संग छलफल कार्यक्रमको आयोजना गरिएको थियो । यस प्रकारको कार्यक्रम काठमान्डु उपत्यकामा बसोवास गरेका मगर हरू संग पनि भेटने कार्यक्रम राखिएको छ ।

आ. व. २०७८ असार १५ मा आदिवासी जनजाति समुदायको सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धनमा स्थानीय तहको भूमिका बारे अध्ययन अनुसन्धान कार्यक्रम अन्तर्गत गरिएको अध्ययनको प्रतिवेदन अदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान बुझाएको छ ।

प्रकाशन तर्फ हाल सम्म यस संस्थाले सामाजिक विषयबस्तुलार्इ समेटने गरी शोधमालाको १०औं अंक तथा पुस्तक हरूमा अदिवासी मगरका विविध पक्षहरू, पश्चिमान्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था र चुनौतिहरु, घाटु नाच, मगर ढुटाङ कुराकानी, मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरु र पछिल्लो वर्षमा नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका पुस्तक प्रकाशित गरी सकेको छ । यस केन्द्रसंग आवद्ध सदस्यहरुबाट स्वतन्त्र रुपमा निजी खर्चमा वा अन्य संघसंस्थाहरूको सहयोगमा समेत विभिन्न पुस्तक हरु प्रकाशित भएका छन् । यसबाट मगर मात्र नभएर सबैलार्इ अध्ययन अनुसन्धान गर्न मद्त पुग्ने छ भन्ने विश्वास बढेको छ ।

प्रारम्भिक सोच देखी नै यस केन्द्रलाई एउटा अध्ययन अनुसन्धान गर्ने, मगर नेतृत्व वर्गलाई परामर्श सुझाव सल्लाह दिने, प्रशिक्षण प्रदान गर्ने र सहयोग र समन्वयका लागी व्यापक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क स्थापना गर्ने रहेको थियो । आज पनि ती उद्देश्यहरू त्यतिकै महत्वपूर्ण नै छन् ।

यस केन्द्रसँग आवद्ध पदाधिकारीहरू आफ्नो जीवनयापन सम्बन्धि काममा अत्यन्त व्यस्त रहनु परेकाले लक्ष्य अनुरुप यस केन्द्रले काम गर्न सकिरहेको छैन । यति हुँदा हुँदै पनि स्थापना कालदेखि यता केही आधारभूत तर अत्यन्तै महत्वपूर्ण कार्यहरूमा व्यस्त रहयो । म यसै अवसरमा सबै सदस्य साथीहरूमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु ।

एकाइसौं शताब्दिका सामाजिक, भाषिक, आर्थिक, साँस्कृतिक, राजनितिक, पर्यावरणीय, धार्मिक, सुरक्षाएवम् व्यवस्थापकीय चुनौतिहरुलार्इ ध्यानमा राखेर नेपालका गैरसरकारी संस्थाहरुले आफना रणनिति र कार्यक्रमहरु निर्धारण गर्न वान्छनीय हुन्छ । त्यसैले मगर अध्ययन केन्द्रले पनि आफना कार्यक्रमहरुलार्इ समयाकुल बनाउन आवश्यक देखिएको छ ।

मगर अध्ययन केन्द्रका विदवान हरुले आफनो संस्था बाहेक अन्य दाता हरुको एवम् संघ संस्थाहरुको नाम बाट लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेका छन् । यसबाट लेखकलार्इ केही लाभ त होला तर मगर अध्ययन केन्द्र अपहेलित हुने मर्ने सम्भावना भएको हुँदा यस तर्फ सजग हुन आवश्यक छ भन्ने ठानेको छु । मगर अध्ययन केन्द्रनै हामीहरुको समाजमा स्थापित संस्था हो र यसैको छत्रछायाँमा हामीले बसेर काम गर्नु पर्दछ । यसै लाई हुर्काउन पर्दछ । यसै लार्इ अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्दछ । तसर्थ कुनै लेख रचना वा पुस्तक प्रकाशन गर्दा समेत लेखकका नाम संगै मगर अध्ययन केन्द्रको नाम पनि जोडिनु पर्छ भन्ने मेरो बुझार्इ रहेको छ ।

यस संस्थामा कार्यरत हुँदा हुँदै केही पदाधिकारी हरूले विद्धावारीधी हासील गरेकोमा खुशी र गर्व लागेको छ । उहाँ हरू लार्इ हार्दिक बधार्इ छ । हालसम्म ति विद्वान हरूमा १. डा. कृषण बहादुर छन्तेल, २. डा. श्यामु थापा, ३. डा. मीन श्रीस, ४. डा. विश्नु सिंजाली, र ५. डा. छविलाल चिडी रहेका छन् । भावि दिन हरूमा छिटै अरूले पनि हासिल गर्ने छन् भन्ने विश्वास छ ।

आगामी दिनहरुमा यस संस्थाको निरन्तर प्रगति होस भनि शुभकामना व्यक्त गर्दछु । साथै यस संस्थाकालागी बाहिरै बसेर भए पनि मेरो वुद्धी विवेकले सके सम्म सदैव कृयाशील रहने पनि यसै अवसरमा प्रतिवद्धता व्यक्त गर्दछु ।

धन्यवाद । जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *