An Introduction to China’s Monguor People

Monguor people pf China

An Introduction to China’s Monguor People

Rachel Deason

16 June 2018

The Monguor are a relatively small ethnic minority in western China whose colorful traditions face extinction in the modern age.

The Monguor, as the ethnic group is called by Western scholars, go by several names. They call themselves the Chaghan Monguor, which means “White Mongols.” Their official name in China, however, is Tu, which may derive from Tuyühu Khan, a possible ancestor of the Monguor.

Homeland

Most Monguor live in the eastern part of western China’s Qinghai province, primarily in the Datong Hui and Tu Autonomous County, the Minhe Hui and Tu Autonomous County, and the Huzhu Tu Autonomous County. Most live off the land, subsisting as farmers and dabbling in animal husbandry as well as seasonal work in the cities. The average yearly temperature in Monguor lands is around 8°C (46.5°F).

Qinghai province is large but scarcely populated, and much of it once belonged to Tibet, helping explain the overwhelming number of Tibetan Buddhists within Monguor ranks.

History

Monguor history is widely contested, with some scholars believing the people to be direct descendants of the Xianbei – or proto-Mongols – and others claiming the Monguor first arose in the Yuan dynasty as mixed-race descendants of Mongol troops stationed in the Qinghai area. Some even believe the Monguor to be Turkic or Han in blood.

One reason it is so difficult to pinpoint the origins of the Monguor is due to wide diversity within the group, as well as the confusing system of classification of ethnic minorities that the Chinese government imposed after 1949. By the time of the Communist takeover, the Monguor had already begun to lose their language. Those who were Monguor but could only speak Mandarin were classified as Han, the term for China’s largest ethnic group. Those who could not speak their language but had adopted Islam were classified as Hui, an umbrella term for Chinese Muslims who don’t fit neatly into another ethnic group. Those who could speak their language and had adopted Islam were sorted into the Dongxiang, Bao’an, and Yugu.

Culture

Throughout their disjointed and convoluted history, the Monguor have lost many of the traditions that once made them unique. However, there are still elements of the culture that refuse to die off.

Though most Monguor now only speak Mandarin, two distinct Monguor languages still exist: Mongghul and Mangghuer, both Mongolic languages. In 1979, a script based on the Roman alphabet was created for Mongghul and quickly caught on with those living in Huzhu Tu Autonomous County. Still, the script didn’t help significantly in the preservation of the language.

An estimated 98% of all Monguor are Tibetan Buddhist, and Tibet even considers them part of the Tibetan nationality, despite no historical, cultural, or linguistic ties between the two groups. Their main center of worship is the Youning Monastery, located about an hour and a half from Qinghai’s capital of Xining. Most villages have their own Buddhist temple and Taoist shrine as well

Unlike their Han neighbors, whose main festival is Chinese New Year, the Monguor’s main holiday is Nadun, a 63-day festival held at the end of the summer, which celebrates the harvest. Celebrations themselves don’t last as long as they once did, mirroring the unfortunate decline of Monguor culture. The festival does, however, nod back to the Monguor’s animistic and shamanistic past, with a medium known as the Fala being a large part of the festivities. Other Nadun traditions include the donning of masks for dances that retell Monguor history.

https://www.instagram.com/yanyi_cos/

The Monguor (Chinese: 蒙古尔) or Tu people (Chinese: 土族, 土昆), White Mongol or Tsagaan Mongol are one of the 56 officially recognized ethnic groups in China. The “Tu” ethnic category was created in the 1950s.

According to the 2000 census the total population was 241,198 and lived mostly in the Qinghai and Gansu provinces. The 2010 census gave their number as 289,565. The Monguor people speak the Monguor language, which belongs to the family of Mongolic languages but has been heavily influenced by both local Chinese and Tibetan dialects. These days, nearly all Tu people can also speak Chinese. Most are farmers, and some keep livestock.
Their culture and social organizations have been influenced by Confucianism, Tibetan Buddhism, Taoism, and local beliefs. A few Tu in Huzhu and Minhe are Christian, the result of on-going American and Korean missionary work in the area.

more information:
https://en.wikipedia.org/wiki/Monguor_people

#china #中国 #중국 #土族 #ethnic #民族 #pueblo #Nation #etnik #etnico #Travel #Voyager #reizen #minority #путешествовать #viajar #旅游 #viaggio #culture #ثقافة #Kultur #Minority #cultura #Tourism #fashion #패션 #ファッション #옷스타그램 #style #series / Photographer: 陈海汶

न्वाँगी र महोत्सवहरू

न्वाँगी र महोत्सवहरू

डा. मीन श्रीस मगर

नवम्बर २३, २०२१ फेसबुक

तीस चालीसको दसकसम्म पश्चिम नेपालका पहाडी बस्तीहरूमा निकै हरभरा र मानिसहरूले भरिभराउ हुन्थे । असोजबाट पाक्न थालेको धान कात्तिकसम्ममा स्याहारी सकेर मंसिरको पहिलो हप्तातिर न्वाँगी खाने गरिन्थ्यो । स्थानीय देवदेवी र पितृलाई नयाँ धानको चामल चढाएपछि मात्र गाउँलेले नयाँ चामलको भात खाने प्रचलन थियो । पहाडबाट तराई एवं शहर केन्द्रित बसाइँसराइँले तीब्रता पाउन थालेपछि गाउँघरहरू सुनसान बन्दै गए भने लोकसंस्कृतिहरू पनि लोप हुँदै गए । अहिले अाएर पुरानो संस्कृति संरक्षणको माध्यमबाट ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने अभियान थालनी भएको देखिन्छ । सरकारी स्तरबाट पनि नयाँ नयाँ पर्यटकीय गन्तव्यहरू घोषणा गरिएको छ । लोककला, संस्कृति, जैविक कृषि र पर्यटनका माध्यमबाट गाउँघरहरूलाई पुनः जीवन्त र हराभरा बनाउने उद्देश्यका साथ न्वाँगी महोत्सवहरूको अायाेजना गर्न थालिएको पाइन्छ । यो अत्यन्त सकारात्मक पक्ष हो ।

कालीगण्डकी प्रश्रवण क्षेत्रका बस्तीहरूमा न्वाँगी खाने चलनलाई न्वाँगीभेजा पनि भनिन्छ । यस भेगमा ‘भेजा’ ले महत्वपूर्ण परम्परागत सामाजिक संस्थाको रूपमा स्थान पाएको छ । मगर भाषाको ‘भयाकजा’ शब्दको अपभ्रंश रूप नै ‘भेजा’ हो । अन्न बाली लगाउने र स्याहार्ने खास खास समयमा गाउँलेहरू मिलेर सामुहिक रूपमा उत्पादनसँग सम्वन्धित स्थानीय देवदेवीहरूको पूजा गर्ने परम्परालाई परम्परागत धार्मिक संस्था भेजाले नियमन (govern) गरेको हुन्छ । न्वाँगी वा न्वाँगीभेजाले धान बाली स्याहारेपछि गरिने पूजाआजालाई बुझाउँद छ । पुरानो समयमा न्वाँगी कार्यक्रमको दिन तोक्ने काम गाउँका मुखिया, जिम्माल, उमरा आदिले गर्दथे । अहिले गाउँका बुढापाका एवं अगुवाहरूले मंसिरको १, ३ वा ५ गते न्वाँगीको दिन तोक्ने गरेको पाइन्छ ।

मातृशक्ति देवीलाई नै उर्वराशक्तिको प्रतीक मानेर गाउँको सिरानमा रहेको देवस्थलमा न्वाँगी खाने दिन सबै घरकुरियाबाट नयाँ धानको चामल चढाउनुका साथै बाजागाजा सहित बलिपूजा गर्ने र बन्दुक पड्काउने चलन पाइन्छ । चामल, दही, केरा र सिलाम मिसाएर प्रसाद बनाउने गरिन्छ । उक्त प्रसादको टीका लगाए सबैले खाने गरिन्छ । न्वाँगीको अवसरमा पाहुना बोलाएर खानपिन गर्ने चलन पनि रहेको पाइन्छ ।

हालैका वर्षहरूमा न्वाँगी संस्कृतिलाई महोत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । वागलुङको बडिगाड गाउँपालिका, पाल्पाको दोभान लगाएतका स्थानहरूमा न्वाँगीलाई भव्य महोत्सवका रूपमा ३-४ दिनसम्म मनाउने गरिएको पाइन्छ । लापोन्मुख अवस्थामा पुगेका कृषिसँग सम्वन्धित गाउँघरका स्थानीय चाडवाडहरूलाई यसरी उत्सवकै रूपमा मनाउने अभियानको थालनीले धेरै राम्रा र सकारात्मक सन्देशहरू प्रवाह हुन्छन् । पहाडबाट बसाइँ सरेर तराई एवं शहरी क्षेत्रमा पुगेकाहरू र तिनका सन्ततिहरूलाई आफ्ना पुर्ख्यौली थलो र त्याहाँको लोकसंस्कृति प्रति सद्भाव जगाउने तथा नयाँ सम्बन्ध स्थापना गराउने कार्यमा यस्ता महोत्सवहरूले महत्वपूर्ण योगदान पुगाउन सक्दछन् । लोप हुनै लागेका सांस्कृतिक धरोहरहरू मारूनी, घाँटु, कौरा, यानीमया, सालैजो, चुड्का, रोइला आदि लोकगीत, नाट्य र नृत्यहरूले पुनर्जीवन पाउन सक्छन् । लाेकसंस्कृतिको प्रचार प्रसार तथा प्रबर्द्धनका साथै स्थानीय लोकप्रतिभाहरूको पनि कदर र सम्मान वृद्धि हुन्छ । यस्ता महोत्सवहरूले परम्परागत सीपमा आधारित हस्तकलालाई प्रवर्द्धन गर्नुका साथै ग्रामिण पर्यटन विकासमा टेवा पुगाउने हुँदा स्वरोजगारको वातावरण सिर्जना हुन गई गाउँबाट अन्यन्त्र बसाइँसराइँको तीब्रतालाई केही हदसम्म नियन्त्रणमा ल्याउन सघाउने देखिन्छ ।

छठ पर्वको महत्व

छठ पर्वको महत्व
आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५

चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा अराधना गरी यो पर्व निष्ठाका साथ मनाइने गरिन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनाका साथै छठी माताको पनि पूजा गरिने भएकाले यस पर्वलाई छठ पर्व भनिएको हो ।को हुन् छठी माता ?छठी माताका सम्बन्धमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’को नवौं स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे । महषि कश्यपले यज्ञको आहूतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रुपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए ।सन्तान प्राप्त भएको खुशी एकै छिनमा शोकमा परिणत भयो । मृत सन्तानको जन्मको खबरले राजा बिहृवल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे ।सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन् ,’म, ब्रहृमाकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।’उनले भनिन्, ‘हे राजन’ मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ ।” त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो । कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा शुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ ।छठ पर्वमा सूर्यको पूजात्रेता युगमा भगवान् रामले वनवास हुँदा रावणको बध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्लऔंसी तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुशीयालीमा दीप प्रज्जवलित गरेर दीपावली मनाइएको कुरा राममायणमा उल्लेख छ । राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कात्तिक शुक्ल षष्ठीे तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए ।अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुबै महत्वपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रुपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ ।यसैगरी सर्वशास्त्रज्ञ शौंनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पआयुमा मृत्यु लगायत कष्टमा रहेका मानवको दुःख नाशको उपायबारे सूतजीसमक्ष जिज्ञासा राख्दा सोही समयमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै, भने, ‘एक दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई नै वरण गर्नु नै उत्तम उपाय ठाने । सोही समयमा एक ब्राहृमण राजदरबारमा पुगेपछि राजाले विद्ववान ब्राहृमणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहीन रहेको र कतिपयको अल्पायुमा मृत्यु हुने गरेकाले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे ।’त्यसपछि ब्राहृमणले सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएकाका थिए । सोहीबेलादेखि षष्ठी तिथिमा विधिवत् सूर्यदेवको पूजा गरेपछि राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वकोे महत्व बढ्दै गएको उल्लेख छ ।पर्वको विधि :यस पर्वका बर्तालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लितपोत गर्छन् । त्यसपछि, स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिका दिन ‘खरना’ गरिन्छ । सो दिन बर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुल्होमा खिर पकाउने गर्छन् ।घर-घरमा देवीदेवताको पूजापाठको क्रममा सो खिर प्रसादको रुपमा चढाइन्छ । परिवारका सदस्यलाई प्रसादको रुपमा वितरण गरेपछि बर्तालुले पनि सो खिर प्रसादको रुपमा ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिने गर्छन् । त्यसपछि, लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।कृषिमा आधारित पूजा सामग्रीकात्तिक महिनामा हुने यस पर्वलाई कृषिमा आधारित पर्वको रुपमा लिएको पाइन्छ । किसानको आफ्नै खेतबारीमा पाइने भण्टा, मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलफूल, पान र सुपारीका साथै नयाँ बाँसको टोकरी, पङ्खा, माटोको भाँडो, माटोको कलात्मक हात्तीलाई पूजा सामाग्रीको रूपमा प्रयोग गरिन्छ । माटोको कलात्मक हात्तीको अग्रभागमा दियो बालिन्छ । । यसका साथै विभिन्न प्रकारका मीर्ठाई, ठेकुवा, भुसुवा, खजुरियालगायत पकवानहरु चढाइने गरिन्छ ।किसानले कात्तिक महिनालाई खेतीपातीको अन्तिम महिनाको रुपमा लिन्छन् । दयनीय निम्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन र ती समुदायको शिल्पीको महत्व दर्शाउनका लागि पनि ती सामाग्री पर्वमा अनिवार्य गरिएको पाइन्छ ।डुमले बनाएका बाँसका सामान, कुमालले बनाएका माटोका सामाग्री र कृषकले उत्पादन गरेका कृषिका सामाग्री यो पूजामा राखिने गरिएको पर्वका विश्लेषक कृपानन्द झा बताउँछन् । विभिन्न समुदायका मानिसहरु जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वको रुपमा लिन थालिएको छ ।

मुखाष्टमी ( शिवलाई मुकुट पहिर्याउने दिन)

Frannkey Franz is feeling blessed with Maharjan Rohan and 
13 others at Kumbeswor , Banglamukhi.

Friday Nov 12, 2021

हरेक वर्ष कार्तिक शुक्ल अष्टमी अर्थात् कछलाथ्व अष्टमीको दिनलाई मुखाष्टमीको रुपमा लिइन्छ। वर्षमा आउने ४ प्रमुख अष्टमीहरु मध्ये एक मानिने मुखाष्टमीको दिन एक छाक मात्र खाइ मुखँ अप्सँ भनि व्रत बस्ने चलन पनि रहि आएको छ।

मुखाष्टमी भनेको के हो त?

मुखाष्टमी भनेको मुखल अर्थात् मुकुट लगाइदिने अष्टमी हो। आजको दिन विभिन्न शिवालयमा शिवलिङ्गमा श्री पञ्चबुद्ध रहेको मुकुट पहिर्याउने गरिन्छ। तर हाल भने यो प्रथा पशुपतिनाथ र पाटनस्थित सर्वेश्वर महादेव कहाँ मात्र सिमित हुँदै गएको देखिन्छ। यस दिन पशुपतिनाथलाई स्वयम्भूबाट ल्याइएको मुकुट लगाइदिने गरिन्छ भने सर्वेश्वरमा हिरण्यवर्ण महाविहारबाट मुकुट ल्याउने प्रचलन छ।यसरी मुकुट लगाइदिएर विधिपुर्वक पूजा गरेपछी सो एक दिनको लागि शिवलिङ्ग नभइ चैत्यको रुपमा पुजिन्छ। सुन्दा अनौठो लागे पनि, काठमाडौ उपत्यकाको रैथाने संस्कृती यो धार्मिक सहिष्णुताको अनुपम नमुना हो, सह-अस्तित्वलाई आत्मसात गर्नुको उपज हो। उपत्यकामा शिवलिङ्गलाई मात्र चैत्यको रुपमा लिने नभइ विभिन्न चैत्यहरु जलद्रोणी सहित पनि बनाइएका हुन्छन भने त्यसलाई शैव-बौद्धको धर्मको समग्र रुपमा लिइन्छ।

किन लगाइदिन्छ त शिवलाई मुकुट?

यसको बारे जान्नलाई यहाँको प्रचलित किंवदन्ती सुन्नपर्ने हुन्छ। किराँतकालसँग जोडिने यो किंवदन्तीको कति कुरा सत्य होला, कति कुरा मिथ्या पनि होला ! प्रचलित किंवदन्ती अनुसार विरुपाक्ष नाम गरेका एक सुन्दर युवक १२ वर्षको उमेरमा आफ्नो घर छोडी वनमा बस्न गए।वनमै आफ्नो बासस्थान बनाइ बसेको थुप्रै वर्ष भयो र उनी युवक भए। एकदिन संयोगले आमा र छोराको जम्काभेट भयो तर थुप्रै वर्ष भइसकेकोले दुबैले एक अर्कालाई चिनेनन् र उनीहरु एक अर्काप्रती आकर्षित भइ कामवासनामा लीन भइ संभोग गरे।विरुपाक्षले पछि आफ्नो आमा हो भन्ने थाहा पाएपछी पाप मोचन गर्नाको लागि पशुपतिको शरणमा गए र महादेवले तामा पगालेर त्यसको झोल बनाएर पिए सबै पापबाट मुक्त हुन्छौ भनी पठाए।आज्ञा अनुसार तामा पकाइ अब पग्लियो होला भनी खोली हेर्दा, त्यसको रापले गर्दा उनी कुरुप भए। महादेवले आफूलाई झुक्याएको बुझी उनी बुद्ध कहाँ गए र बुद्धले उनलाई एउटा जपमाला दिए र मन्त्र जप गरेर जुन दिन खिइन्छ, तब पापमुक्त हुनेछौ भनी पठाए। त्यसपछी उनी बाग्मती किनारमा बसि हरेक दिन जप गर्दै बस्न थाले, तर धेरै समय जप गर्दा पनि माला नखिइएपछी दिक्क मानेर चहार्न हिँडे। यत्तिकैमा उनले एउटा बालक फलाम घोट्दै गरेको देखे र बच्चालाई सोध्दा फलाम घोटेर सियो बनाउन लागेको जवाफ पाए।त्यसपछी उनी फेरि जप गर्न थाले र एक दिन फेरि उनले वनमा दुइजनाले सियोले रुख काट्न खोजेको देखे र कुनै दिन भंगेरा जोडीले आफ्नो चुच्चोमा बाग्मतीबाट पानी ओसार्दै गरेको देखे। भंगेरालाई सोध्दा जवाफमा पोखरी भर्नलाई भन्ने पाए। यसरी विभिन्न असामान्य काम देखेर अन्तिममा विरुपाक्षले जप मात्र गरेर नहुने तर धैर्यता, विश्वास र एकचित्त चाहिने भनी बुझेर तन मनले जप गर्न थाले र केही समयपछी माला खिइयो र उनी पाप मुक्त भए। र उनको कुरुप अनुहार पनि पहिले जस्तै सुन्दर भयो। पशुपतिले आफूलाई कुरुप बनाएको कुराको रीसले उनले पाशुपात क्षेत्रमा शिवलिङ्गहरुमा लात हान्दै बिगार्दै हिँड्न थाले।आफूलाई पनि बाँकी नराख्ने बुझेर महादेवले बुद्धलाई पुकार गरे र बुद्धले आफ्नो पञ्चबुद्ध सहितको मुकुट दिई पहिरिन भने। विध्वंस गर्दै हिँडेका विरुपाक्ष पशुपतिको सामुन्ने पुग्दा त्यहाँ बुद्धको मुकुट देखि गुरुको सम्मानमा केही नगरी फर्किए। यसै अनुरुप श्री पशुपतिनाथलाई बुद्ध मुकुट लगाइदिएको भन्ने प्रचलन छ। आज पनि पशुपात क्षेत्रमा रहेको यता उता ढल्केको बिग्रेको शिवलिङ्गहरु, विरुपाक्षले गरेको निशानी हो भनी मान्दछन्।

आजको दिन बज्रयान र महायान बौद्धमार्गीहरुले १०८ लोकेश्वर मध्येका अन्तिम लोकेश्वर धर्तिमा आउनुभएको दिनको रुपमा लिने गर्दछन्। साथै परम्परा अनुसार आजको दिन बज्रयानी बौद्ध धर्मावलम्बीहरु पशुपतिको दर्शन गर्न जाने गर्दछन्। कथा किंवदन्ती जे जस्तो रहेता पनि दुई भिन्न धर्म बीचको दुरीलाई मेटाएर समागम रुपमा शैव- बौद्ध बीच सहिष्णुता कायम गर्ने यस्ता प्रचलनहरुलाई हामीले सम्मान गर्नुपर्छ। हाल भने, पशुपतिमा देखिएला भनी, मुकुटलाई फूलै फूलले ढाक्ने गरेको पनि पाइन्छ, जुन नगर्दा राम्रो हुनेथ्यो। हाल पनि पाटनको कुम्भेश्वर मन्दिर भित्र, सर्वेश्वर महादेवको ठूलो शिवलिङ्गमा पञ्चबुद्ध भएको तामाको मुकुटले छोपी दर्शनको लागि राख्ने गरिन्छ। यस दिन कुम्भेश्वर क्षेत्रमा मेला पनि लाग्ने गर्दछ भने कुम्भेश्वर मन्दिरलाई पाटनको पशुपतिनाथको रुपमा लिइने गरिन्छ।

तल देखाइएको तस्बिर सर्वेश्वर महादेवको शिवलिङ्गलाई पञ्चबुद्ध भएको तामाको मुकुटले छोपिएको बेलाको हो।

लेख : Frannkey Franz

तस्बिर : फेसबुकबाट साभार गरिएको

Booker Talliaferro Washington

Booker T Washington, Circa 1903 (Courtesy: Library of Congress, American Memory Project)
Born: April 5, 1856, Died: November 14, 1915

Santa Bahadur Pun
(September 2021, Ashwin 2078)

Text Box: Booker T. Washington, circa 1903(Courtesy Library of Congress, American Memory Project)Writer’s Note: This is a follow-up to a good article by Dr. PB Nepali of Kathmandu University on Booker T Washington that was published by Spotlight on August 6, 2021. In an age raging with George Floyd, Black Lives Matter and in our own Nepal despite the abolishment of Kamalaris/Kamaiyas system the recent sad inter-caste clashes in the districts, the writer felt a short summary of Booker Washington’s remarkable life will be of interest to Spotlight readers. The following is a summary of Booker’s life from an excellent book George Washington Carver – The Man Who Overcame by Lawrence Elliott about Carver, another great Black American of that period.

Measure me not by the Heights to which I have climbed But the Depths from which I have come!’ – Frederick Douglass, the first great spokesman of the Negro people, after the 1863 abolition of slavery in USA, who died in 1895 and the mantle of leadership fell on Booker T. Washington.

Booker was born into slavery in 1856 on the Burroughs plantation in Franklin County, Virginia. His mother, Jane, was a cook in a ‘big house’ and of his father he only knew that he was a white man from some neighbouring plantation. Sometimes Booker was called up to the mansion to shoo away flies from the dining room. Even as a boy he was highly valued – assessed by a court at $400! Each Sunday his mother was permitted to take home some molasses for her three children. Home was a fourteen by sixteen cabin in the slave quarter with earthen floor and no windows. For Booker, raised on corn bread and fat pork daily, that piece of molasses was heart-stopping treat. He was not yet ten when the Civil War ended in 1865 and the slaves were freed. He remembers an army officer, standing on the verandah of the colonnaded white house, reading to the assembled Negroes US President Abraham Lincoln’s 1863 Emancipation Proclamation[1]. ‘You are free’ the officer said and Booker felt his mother’s tears as she stooped to kiss him. There were tumult, songs and great shouts of rejoicing long into the night. Only later were they to realize and ponder: where to go, how to live, where would their food come from, and who would take care of their old folks? Washington later wrote ‘In a few hours, the great questions with which the Anglo-Saxon race had been grappling for centuries had been thrown upon these people to be solved.’ Four million souls had been flung into a strange and alien liberty without money, homes, jobs or votes. Free for what? Washington clearly saw, ‘To vie with their one time white masters! To them Booker T Washington devoted his life, struggling to make meaningful this new-found freedom, to put into unskilled black hands the tools of learning and enterprise and opportunity. His incredible journey from slavery to the Hall of Fame began in 1865. In Malden, close to Charleston, his mother’s husband, Washington Ferguson (Booker’s stepfather), sent nine year old Booker and his brother to work in salt furnaces. For seven years Booker scooped and packed salt and hacked coal in the dark mine bottom. With hunger to read and write, he scrambled his way to a rudimentary education. Nearly everything he read and heard told him that the Negro race was the lowest and most hopeless of God’s creatures.

In 1872 having heard about a School for Negroes in a place called Hampton Institute near Norfolk, Booker travelled 500 miles across the civil war-torn Virginia – begging for rides and walking. Working as a janitor to pay his way, he graduated in 1875 and returned to Malden to teach the School there. Four years later, Booker went back to Hampton to take a teaching post. In May 1881 his school principal, General Samuel C Armstrong received an urgent request from a group of people in Tuskegee, deep in the ‘black belt’ of Alabama but home also of the staunch racist Confederates, for a white teacher for a School for Negroes that the Legislature had authorized. Tuskegee was a little town of 1,000 whites and 1,000 Negroes. WF Foster, a former Confederate officer, an aspirant to the State Legislature asked Lewis Adams, once a slave, what his people wanted for their support. Adams, a skilled metal worker, asked for a Negro training School. Colonel Foster was elected[2] to the State Senate and a bill authorized the establishment of a Normal School for coloured teachers. General Armstrong replied that he had no white teacher for that post but recommended an eminently suited coloured man. Three days later a telegram to General Armstrong said ‘Booker T Washington will suit us. Send him at once.’

Washington came to Tuskegee in June 1881. His School consisted of a leaky Methodist Church building about to collapse and a more worse nearby shanty. There were no books, no slates, no desks and no students. Though disillusioned, he was not baulked. Two days later he borrowed a mule and wagon and set out to learn what he could about the Tuskegee people and their needs. He met an old grizzled man who related him about being sold into slavery. To Washington’s query ‘How many of them were sold?‘Five’ was the reply. ‘Myself, brother and three mules!’ The School started at the dilapidated church on July 4, 1881. There were 30 pupils most of them older than the 25 year old teacher himself. Late that year, Washington heard of a 100 acres of abandoned plantation about a mile north of town that could be purchased for $500. The land was arid, bare with four ruined buildings. But Washington now had 50 students and he dreamt of 50 times that number. So he wrote to General Armstrong begging for a loan which he promised to pay back. The money came by return mail. Only days later, the teacher and students were swarming through the plantation cabin, kitchen, stable and hen house hammering, scrubbing, whitewashing. A new teacher, Miss Olivia A Davidson, who was to become Washington’s wife, undertook to raise money to pay back the awesome debt. She organized festivals, concerts and suppers among the community to raise money. People offered gifts according to their means. One day an old coloured lady hobbled up to Washington and putting six eggs on his desk said ‘I have no money. But I want you to take this toward the learning of the young ‘uns.’ Within five months, the entire $500 was repaid.

To most students, swinging an axe and ploughing the fields was not the education they had envisioned. They were all suffused[3] with the idea that learning would free them from toil and hard physical labour. That Schooling would make them escape from such toils. But when Washington, the principal, strode out among them with an axe on his shoulder and wielded it with vigour, the students’ mutterings died away. It was a graphic lesson in the Dignity of Labourthe basic tenet Tuskegee Institute would grow and flourish on. Washington taught them to wash, plough and plant aiming to turn out not Scholars but teachers and technicians and competent farmers. In the next 15 years, 40 buildings were erected, all but four by student labour. Washington travelled widely for his School’s funds and at the same time addressing for a better understanding between the white and coloured races. When Frederick Douglass, the first great spokesman of the Negro people died in 1895, the mantle of leadership fell on the shoulders of the slave boy who had fought his way up from the deepest darkness.

That same year in 1895, Washington was invited to speak at the Atlanta Cotton States and International Exposition. This Exposition was to demonstrate to all that the onetime Confederacy had come back from Civil War devastation. King Cotton was back on the throne ready to do business with the Northern merchants and foreign mills. But there still were diehards who cried To permit a Negro on the same platform with Southern leaders was to confess to the world that the blacks and whites were equal after all.’ At the International Exposition auditorium, Washington told them the parable of a ship lost at sea with its crew dying of thirst. Sighting another ship, the unfortunate crew hoisted a signal for water and the answer came back, ‘Cast down your bucket.’ Again and again they hoisted their pleas and the reply was the same, ‘Cast down your bucket where you are.’ The exasperated Captain finally ordered a bucket down over the side – and up came the sparkling fresh water! The distressed ship was at rest in the great mouth of the Amazon River. Washington continued ‘Cast down your bucket where you are, among the 8 million Negroes whose habits you know, whose fidelity and love you have tested. Cast down your bucket among these people who tilled your fields, cleared your forests, built your railroads and cities. In all things social we can be as separate[4] as the fingers’ – so saying he indicated the fingers of his raised open brown hand and then dramatically closing them into a fist, he roared ‘Yet One as a Hand in all Things Essential – to Mutual Progress!’ The audience roared its approval and Washington’s speech turned out to be the high point of the Exposition and his speech there was later also known as the Atlanta Compromise. Overnight Washington became one of the most famous men of the land. The problems and yearnings of his people were understood as never before. But many of his own race jeered him as ‘Uncle Tom’ charging Washington with betrayal of the Negro’s social and political claims.

Somewhere he had heard that there was a noted agriculturist, a coloured man, working at the Agricultural School at Ames in Iowa. George Washington Carver had just received his master’s degree in agriculture and was working at that School. On April 1, 1896 Washington sat down to write him a letter:

I cannot offer you money, position or fame. The first two you have. The last, from the place that you now occupy, you will no doubt achieve. These things I now ask you to give up. I offer you in their place work – hard, hard work – the task of bringing a people from degradation, poverty and waste to full manhood.

Four days later George W Carver read the letter. In addition to accepting Tuskegee’s offer of an annual salary of $1500, Carver replied ‘To this end, I have been preparing myself for these many years ….. that this line of education is the key to unlock the golden door of freedom to our people.’ And in October 1896, the Tuskegee Institute paper reported that the new Agricultural Department would be headed by a Mr. George Washington Carver[5], en route from Iowa.

In October 1901, President Theodore Roosevelt invited Booker Washington for dinner at the White House. This aroused intense anger and uproar in the South. While Democratic Party politician from Mississippi James K Vardaman described the White House as being ‘saturated with the odour of the nigger’, South Carolina’s Senator Benjamin Tillman from the same Party made far harsher racist remarks ‘The action of President Roosevelt in entertaining that nigger will necessitate our killing a thousand nigger in the South before they will learn their place again.’ Washington never responded directly to such racist remarks of his critics, whether white or black. He was a true apostle of tolerance between the blacks and whites. For Washington, the burning question of the time, so well uttered by the two politicians of the South, was whether the black man was actually a human being or not.

Pressed and burdened with such environment, Washington, unable to find rest, would sometimes in the middle of night knock at George Carver’s door and apologetically say ‘I thought perhaps you would like to take a walk.’ Invariably Carver would quickly dress and hurry out to join the principal. Carver well knew the heavy weight that Washington alone was carrying. The two, though highly diverse in personality and talent, had the same vision – dedicated totally to the cause of uplifting their people.

On the evening of 25th October 1915, Washington spoke in New Haven – his favourite subject, as usual, was race tolerance – and almost immediately, he fell ill. Still he insisted on going on to New York. But there were to be no more speeches for him. Days later, he collapsed and was rushed to a hospital where doctors told him he might live only a few hours. Gasping for voice, Washington told his friend, Robert Russa Moton, who succeeded him as President of Tuskegee: ’Take me home. I was born in the South. I have lived and laboured in the South and I wish to die and be buried in the South.’[6] He was carried to the train and returned to his Tuskegee School in Alabama. On the morning of November 14th 1915, Washington breathed his last and his body was laid to rest on a little rise of ground at the School – now the Tuskegee University. When Booker Washington died in 1915, Tuskegee owned more than 100 well-equipped buildings with about 1,500 students learning 38 trades and professions and had an endowment of approximately $2 million.


[1] This Emancipation Proclamation was made on January 1, 1863. Three years earlier in 1860, Britain had already abolished slavery in India introducing the Indian Penal Code which not only abolished slavery but made enslavement of human beings a criminal offence. Slavery in Jung Bahadur Rana’s 1854 Mulki Ain contain interestingly detailed separate chapters dealing with: punishment of slaves for having sexual relationship, punishment to those who assist the slaves to run away, norms to be applied when selling off slaves, what to do when the mother slave is separated from her children during her owner’s family partition and even on keeping the female slave as wife by the owner. As slavery had been abolished in India, it was but natural for many Nepalese slaves to run away to India for refuge. So in 1868 Jung conveniently clamped a bill that freed only those slaves, who ran away from their owners, to Naya Muluk (Kanchanpur, Kailali, Banke and Bardiya districts) and Morang/Jhapa – vast birtas owned by Jung families and his ruling coterie who required cheap labour to till them! We should also remember that though slavery was abolished as early as 1860 in India, the ingenious ruler coining the term ‘indented labour’ exported hundred of thousands of poverty-ridden Indians to the colonial sugar farms of Mauritius, British Guyana, West Indies, Fiji and South Africa. Similarly in Nepal, after kamara/slavery was abolished in 1925, the ingenious rulers introduced the kamaiyas/kamalaris system to tend to their comforts. It is very strange that the kamaras/kamaiyas/kamalaris, that has haunted Nepal to this day, has failed to attract the attention of Nepalese researchers. The kamaras, Malati/Mangale, appeared on the musical drama only in BS 2042 after Madhav Prasad Ghimire wrote it in BS 2039.

[2] Colonel Foster’s political career was brief. Goaded as a ‘nigger-lover’, he was swept away from office in the next election.

[3]Unfortunately, such concepts, totally bereft of the Dignity of Labour, continue to still pervade our Schools and Colleges of Nepal!

[4]  Sadly, even the 21st century Nepalese leaders still fail to see this Strength in Nepal’s Diversity – diversity in ethnic races. Prithwi Narayan Shah in his Dibya Upadesh called Nepal Char Jat, Chhattis Varna ko Fulbari’! However, Jung’s 1854 Mulki Ain forgot the ‘chhattis varna’ and preferred to limit Nepal only to ‘Char Jat’!

[5]Carver taught at the Tuskegee Institute for 47 years till his death in 1943. Like Booker Washington, Carver became internationally known for his work at Tuskegee. Presidents, princes and even Mahatma Gandhi were in touch with him. Thomas Edison invited Carver to come and work in his Edison laboratories at Menlo Park, New Jersey at a minimum salary of $ 100,000/. Carver thanked Edison but did not accept the offer. He was still working at an annual salary of $1,500. Later when someone, having heard of Edison’s offer, queried ‘But if you had all that money, you could help your people.’ Carver replied ‘If I had all that money I might forget about my people!’

[6] Not unlike what the cancer-ridden terminally ill Dr Upendra Devkota did. When his treatment in Britain failed, Dr. Devkota returned to Kathmandu as he wanted to die in Nepal. His last wish was to do what he used to do in his boyhood: drink the sparkling water from the ‘dhunge dhara’ of his native Boharagaon in Gorkha. Having fulfilled that wish, Dr. Devkota passed away on 18th June 2018.

हिमवत खण्डमा गोर्खालीहरुको आगमन

हिमवत खण्डमा गोर्खालीहरुको आगमन

त्रिलोकसिंह थापा मगर

२०७८ असोज २५ गते १०:५२

https://www.wenepali.com/2021/10/

भारतको उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशको विभिन्न भेगहरुमा विभिन्न समय, काल तथा चरणहरुमा गोर्खा राज्यको सीमा बिस्तारको क्रममा गोर्खा समुदायको आगमन भएको बुझिन्छ। गोर्खा सेना त्यस भूखण्डमा गोर्खा राज्यको सरहद बिस्तार गर्न गराउन त्यहाँ पुगेका थिए । आफ्नै मुलुकजस्तै हिमवत खण्डको मनमोहक सौंदर्यता, रमणीय, मन छुने मोहनी लगाउने शान्त पर्यावरण तथा आकर्षक पर्वतीय भेग र हिम शिखरमा रमाएर केही गोर्खा सैनिकका परिवारहरु विभिन्न समयकाल तथा चरणहरुमा आफ्नो थलो छोडेर त्यहाँ स्थायी बसोबास गर्न थाले । जुनको विवरण यसप्रकार छ

पहिलो चरणः (सन १७९०) गोर्खालीहरुको आगमन
(क) सन् १७९० मा कुमाउ तथा गढवाल राज्यका पूर्व राजा हर्षदेव जोशीको आग्रह र अनुरोधमा बृहत गोर्खा राज्यका गोर्खाली सेनाले कुमाऊ राज्यमा ठूलो संख्यामा प्रवेश गरे । त्यसै समय देखि (सन् १७९०) कुमाऊँ, गढवाल तथा हालको हिमाञ्चल प्रदेशका विभिन्न पर्वतीय भेगहरुमा गोर्खा राज्यका केही गोर्खाली सैनिकहरु स्वेच्छाले त्यही बसोबास गर्न थाले ।
(ख) प्रमाणको रुपमा हालको उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशका विभिन्न ठाऊँ तथा स्थानहरुमा गोर्खाली सैनिकहरुले स्थापना तथा निर्माण गरेका प्रसिद्ध किल्ला, गढ, कोत, सैनिक छाउनी तथा मठ मन्दिर, पौवा पाटी, बाटो घाटो, धार्मिक यात्रु विश्राम घर, सराय र देवस्थालहरु आदी आज पनि त्यहाँ देख्न सकिन्छ । ती मध्ये केही प्रसिद्ध ऐतिहासिक तथा पुरात्वातिक महत्वका भवनहरुको नाम यस प्रकार छन् ।
(ग) मलाऊँको प्रसिद्ध किल्ला (सोलन) , अर्की किल्ला (शिमला), सैनिक कोत (सुबायु), नहानको किल्ला, नालागढ, जैथक कोत, जीत गढ, कुथल गढ, तारागढ किल्ला, (बकलोह) तथा देहादुनमा स्थित प्रख्यात नालापानी खलङ्गा किल्लाहरु आदी ।
(घ) सन् १८०३ देखि १८१४ सम्म सेनापति अमर सिंह थापा सरिवार शिमला शहरको नजिकको अर्की किल्लामा बस्नु भएको थियो । गोर्खाली सैनिकहरुले निर्माण तथा स्थापना गरेका ऐतिहासिक र पुरात्वतिक किल्ला, गढ, कोतहरुमध्ये अधिकांश हाल जीर्ण तथा भग्नावशेष अवस्थामा छन् । यी जीर्णावस्था तथा भग्नावशेषको रुपमा रहेका प्राचीन तथा प्रख्यात भवनहरुले विशाल गोर्खा राज्यको बिर्सिएको गाथाहरु मात्र सुनाउँछन् । यिनीहरुलाई हेरचाह गर्ने, मर्मत गर्ने, सोधपुछ गर्ने, आजभोलि कोही छैनन् । गोखार्ली फौजका सेना नायकहरु अमरसिंह थापा,
बलभद्र कुंवर, रणजीत सिंह थापा, भक्ति थापा आदिहरुले हालको हिमाञ्चल तथा उत्तराखण्डको विभिन्न स्थानहरुमा देवालय, मठ मन्दिरहरु र यात्रुघर स्थापना गरेका थिए । प्रसिद्ध जयन्ती देवी माता (काँगडा) सन् १८०५, रेणुका माता (सिरमौर) सन् १८०४, काल रात्री देवी (जैथोक)
सन् १८०९, श्री माता काली (सुबाथु), भैरव, बिष्णु र गणेश (मलाउन सोलन), पेगोडा शैलीको लोकेश्वर महादेव (बकलोह), भाग्सु नाथ (भाग्सु धर्मशाला) आदि । यी सम्पूर्ण मठ मन्दिर गोर्खा समुदायले सन् १७९० देखि निर्माण गरेको पाइन्छ । केही मठ मन्दिरहरुको पुनः निर्माण अंग्रेजहरुको शासनकालमा गोर्खाली समुदायले गरेका थिए ।
(ङ) सन् १८१२ मा जनरल अमर सिंह थापाले उत्तराकाशीमा प्रसिद्ध गंगोत्री मन्दिरको निर्माण गरेका थिए । केदारनाथको मन्दिर तथा गंगा नदीको मुहानमा प्रसिद्ध “गौमुख धारा” अमर सिंह थापाबाट निर्मित भएको थियो । त्यस ठाँऊमा बाटोघाटो र यात्रुघरहरु गोर्खालीले निर्माण गरेका थिए । देहरादुनमा प्रसिद्ध भद्रकाली मन्दिर सेनापति बलभद्र कुंवरबाट स्थापित भएको थियो ।
(च) वास्तवमा नेपाल सरकार तथा भारत सरकारको पुरातत्व विभागहरुको संयोजनमा ती प्रख्यात ऐतिहासिक तथा पुरात्वातिक महत्वको गोर्खालीहरुद्वारा निर्मित किल्ला, गढ, देवस्थल, मन्दिर तथा कोतहरुको विवरण संकलन गर्नुपर्ने र त्यसपछि संरक्षण र सम्बर्धनको कार्ययोजना तर्जुमा गर्नुपर्ने देखिन्छ । यी नेपाल र भारत तथा भारतीय गोर्खालीहरुको ऐतिहासिक, सांस्कृतिक, पुरात्वतिक धरोहर एवं सम्पदाहरु हुन् । यिनीहरुलाई जोगाउन आवश्यक छ ।

धार्मिक कुटनीति
गोर्खा राज्यको पश्चिम सरहदको बिस्तारको क्रममा गोर्खा सेना नायकहरु द्वारा निर्मित र स्थापित मन्दिर, देवस्थलहरु वास्तवमा धार्मिक कुटनीतिको रणनीति थियो । आफ्नो धार्मिक आस्था, विश्वासका साथै हिन्दु धर्मालम्बी समुदायमा चर्चित, जनप्रिय एवं लोकप्रिय हुने कुटनीति थियो । स्थानीय राजाहरुले गर्न नसकेको कार्य गोर्खाली सेना नायकहरुले गरे भन्ने सन्देश प्रवाहित गर्नु थियो । आजसम्म पनि स्थानिय निवासीहरुले गोर्खा सेना नायकहरुको नाम लिन्छन् । त्यसबेला गोर्खा सेना नायकहरुको विरुद्ध दुष्प्रचार गर्न ईष्ट ईन्डिया कम्पनी सरकारलाई ज्यादै कठिन र गाह्रो भएको थियो र हम्मे हम्मे परेको थियो ।

दोश्रो चरणः (सन् १८०५ देखि १८०९)
(क) सन् १८०५ देखि १८०९ सम्म बडाकाजी अमर सिंह थापाको नेतृत्वमा गोर्खा फौजले प्रसिद्ध किल्ला कांगडा किल्लालाई आफ्नो घेराबन्दी तथा कठोर नियन्त्रणमा राखेका थिए । त्यसै समय र अवधिमा कांगडा किल्लाको निकट पहाडको टाकुरामा माता जयन्ती देवीको मन्दिर उनले निर्माण गरे । मन्दिरका लागि शिलालेख, पुजारी, रक्षक तथा सहायकहरु काठमाण्डौंबाट झिकाएका थिए । मन्दिरको रेखदेख तथा पूजापाठ आदि सम्पूर्ण व्यवस्था र जिम्मेवारी गोर्खालीहरुको थियो । त्यसै समयदेखि केही गोर्खालीहरु मन्दिरको छेउछाउ गाउँहरुमा बसोबास गर्न थाले । आज पनि केही भाग्सुबासी गोर्खाली परिवारमा जयन्ती मातालाई आफ्नो ईष्ट देउटा मान्ने चलन यथावत कायम छ ।
(ख) सन् १८०९मा गोर्खा फौजका सेनापति अमर सिंह थापा तथा पञ्जाबका महाराजा रणजीत सिंहको बीच शान्तीमैत्रीको सन्धिको धारा अनुसार गोर्खा फौजले किल्ला कांगडाको घेराबन्दी र नाकाबन्दी छोड्नु पर्यो । राजा रणजीत सिंह गोर्खाली सैनिकहरुको वीरता एवं युद्धकलाबाट धेरै प्रभावित थिए । उनको अनुरोधमा केही गोर्खाली सैनिकहरु स्वेच्छाले महाराजा रणजीत सिंहको सिख सेनामा भर्ना भएका थिए । सिख सेनाले गोर्खाली सैनिकहरुको सपरिवार सम्मानका साथ स्थायी बसोबासको व्यवस्था मिलाइ दिए । कांगडा जिल्लाको ईच्छी, मसरेड, सेड्डा, गगल तथा मरकोरी गाउँहरुमा जग्गा जमिन मिलाई दिए । यसरी सन् १८०९ देखि धर्मशाला जिल्ला कांगडामा गोर्खालीहरुको दोश्रो चरणमा आगमन भएको देखिन्छ ।

तेश्रो चरणः (सन् १८४६ भाग्सुमा गोर्खालीहरु)
(क) सन् १८४६को हाराहारीमा ईष्ट ईण्डिया कम्पनी सरकारले पञ्जाबका महाराजा रणजीत सिंहको सिख सेनाबाट किल्ला कांगडा आफ्नो अधीनमा लिए । किल्लाका रक्षाको लागि गोर्खालीहरुको पहिलो तथा चौथो नरसरी बटालिएनका गोर्खा सैनिकहरुलाई त्यहाँ तैनाथ गरे । त्यस पछि गोर्खा सैनिकहरुको स्थायी आवास, तालिम केन्द्र, भर्ना केन्द्र तथा केन्द्रिय कार्यालय (रेकर्ड अफिस) आदिको लागि राम्रो ठाऊंको आवश्यकता पर्यो । साथै ईष्ट ईन्डिया कम्पनी सरकारको अङ्ग्रेजी सेना तथा अङ्ग्रेज निजामती कर्मचारी एवं अफिसरहरुका लागि शीतल, चीसो (ठँडा ठाउँ) पर्यावरण भएको स्थानको आवश्यकता महशुस भयो ।
(ख) कम्पनी सरकारले भाग्सू धर्मशालाको माथिल्लो भेगलाइ गोर्खा सेनाको सहायक छावनी खडा गर्न छनोट गरे । त्यस क्षेत्रको घना जंगल फँडानी गरी सन् १८४९ देखि गोर्खा सैनिकहरु बस्न शुरु गरेका थिए । बाटो घाटो, सहायक सैनिक छावनीको भवनहरुमा साथै भाग्सू नाथ मन्दिर तथा यात्रु विश्राम घर आदीको निर्माण कार्यमा गोर्खाली सैनिकहरुको श्रम शक्ति लागेको थियो ।
(ग) सन् १८४९ देखि नै केही गोर्खा सैनिक (नरसरी बटालिएन) सपरिवार त्यस भेगमा बसोबास गर्न थालेका थिए । सुनिन्छ भाग्सूबासी गोर्खालीहरुको पहिलो गोर्खा बस्ती तथा गांऊहरु मकल्योडगंज, फुर्सेतगंज, बारहकोठे, तोतारानी र तिराहा लाईन सन् १८४९ पछि स्थापना भएको अनुमान गरिन्छ । त्यसपछि यलिघाडी, पेन्सन लाईन, सघेड, सल्लाघारी आदि ठाऊँहरुमा गोर्खाली गाँउहरु सन् १८६९ मा स्थापना भएको हो भनेर भनिन्छ ।

चौथो चरणः (सन् १८६१० फस्ट गोर्खा राईफलको आगमन)
(क) समूहगत रुपमा गोर्खालीहरुको भाग्सु धर्मशालामा आगमन बारेमा हिमाञ्चल प्रदेशका पूर्व मन्त्री श्री सत महाजनले आफ्नो अनुसन्धनात्मक लेखमा यसरी उल्लेख गर्नुभएको छ ।
“The Frist regular settlement of Dharmashala is known to have taken place sometime between 1879 and 1882 when the pensioners lines is known as Chilghari” (Gurkhas: Personification of courage in Quarterly Magazine Bindu 1987, Page 17)

(ख) वास्तवमा सन् १८६१ म पहिलो गोर्खा पल्टन वर्तमान पुलिस लाईनमा स्थानान्तरण भएको थियो । त्यसपछि सन् १६ फरवरी १८८६ तिर तिराह लाईनमा (कनलोट) अर्को गोर्खा बटालियनको स्थानान्तरण भएको थियो । त्यसपछि माथिल्लो धर्मशाला म्याकलोडगंजको परिसरमा गोर्खाली सेनाको फस्ट गोर्खा रेजिमेन्टको स्थायी आवाशीय छावनी, गोर्खा बस्ती, प्रसिद्ध भाग्सुनाथ मन्दिरको जिर्णोद्वार तथा पर्यटकीय विकाशको प्रारम्भिक चरणमा फस्ट गोर्खा राईफल्सको गोर्खा सैनिकहरुको अभूतपूर्व योगदान रहेको ईतिहास छ ।
(ग) अनकण्टार, घनाजंगल, दुर्गम र उराठलाग्दो माथिल्लो धर्मशाला म्याकलोडगंजलाई विश्वप्रसिद्ध पर्वतीय शहरमा विकसित गर्नु गराउनुमा भाग्सुका गोर्खा समुदाय र फस्ट गोर्खा राईफलको महत्वपूर्ण भूमिका आज ईतिहासको पानामा लुकेर बसेको छ ।

छोटकरीमा
हिमवत खण्डमा गोर्खा समुदाय गोर्खा राज्यको सीमा विस्तारको क्रममा विभिन्न समयकाल, चरणहरुमा (सन् १७९०, सन् १८०५,सन् १८०९, सन् १८४६, सन् १८४९, सन् १८६०—६१ तथा सन् १८६९) आगमन भएको अनुमान सजिलैसंग गर्न सकिन्छ । हिमाञ्चल प्रदेशको भाग्सु धर्मशाला, कांगडा जिल्लामा गोर्खाली समाज र समुदायको बसोबास गरेको झण्डै २५० वर्ष लामो ईतिहास छ । यस्तो लामो अवधिमा पनि भाग्सुका गोर्खालीहरुले आफ्नो जातीय पहिचान, गोर्खा संस्कृति, परम्परा, रीतिरिवाज, सामाजिक चाडपर्वलाई यथावत सकेसम्म जोगाई
राखेका छन् । आफ्नो गौरवमय ईतिहास सुरक्षित राखेका छन् । नेपाल सरकारको संस्कृति मन्त्रालयले उनीहरुलाई थप सहयोग गर्नुपर्ने देखिन्छ । जे होस् “जय गोरख” को अभिवादन भाग्सुबासी गोरखालीको विशिष्टता हो ।

मित्रको डायरी

मित्रको डायरी

(विजय हितानद्वारा उधृत ‘मास्टर मित्रसेन र उनका सिर्जना’ (पृष्ट ९३– १११) बाट)

आफ्नो जीवनको धेरैजसो भाग देशी वा गोर्खाली जनताको सेवामा बिताएपछि १३ जुलाई १९४४ को दिन दाडी गाउँ, धर्मशाला (भाग्सू) जिल्ला, काँगडामा मैले आफ्नो बाँकी जीवन ‘गोर्खा सतसंग प्रचारिणी सभा’लाई समर्पित गर्ने फैसला गरेँ । यो सभाको स्थापना पनि आजै त्यहाँ गरियो । सभाका प्रमुख कार्यकर्ताहरूमध्ये कप्तान बहादुरसिंह बराल, मास्टर नत्थुराम बिएबिटी, पेन्सनर जम्दार रामकृष्ण, थानेदार दुर्गासिंह र पेन्सनर सुवेदार दयारामज्यू बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

 प्रतिज्ञा त भयो तर केटाकेटीले गरेको कुराझैँ पो हुने हो कि भन्ने डर पनि मनमा उत्पन्न भयो । एकापट्टि परिवारको निर्वाह र अर्कोपट्टि समाजसेवाको उत्कट अभिलाषाले मन विचलित हुन थाल्यो । तर परमात्मामा मेरो अटल विश्वास रहेको हुँदा र निस्वार्थ भावनाले समाजको सेवा गर्ने दृढ अठोटले गर्दा के खाउँला, के लाउँला भन्ने चिन्तालाई परित्याग गरी म समाजसेवाको सत्य मार्गतर्फ नै लागेँ । सभाका कार्यकर्ता भला आद्मीहरूलाई पनि यही नै चिन्ता रहेको रहेछ । अघिअघि पनि धर्मप्रचारको काम गर्दै रहन्थेँ तर त्यसबेला त केही न केही आम्दानीको बाटो राखेकै थिएँ । एक सानो पसल (दोकान) गाउँ तातोरानी (भाग्सू) मा उहिले बाबुकै पालादेखि चलाउँथँे र निर्वाह राम्रो गरी भएकै थियो । तर आजभोलिको विश्वव्यापी युद्धले गर्दा रेलवेले माल बुक नगर्ने, खोजेको माल बेलामा नपाइने, कहिले कतै अलिकति माल पाए तापनि साह्रै महङ्गो पाइने, सरकारले भने यस दरभन्दा बढ्ता दाम कसैले लिने छैन भनी धेरै चिजको दरभाउ बाँधिदिएको, आफूलाई चैँ त्यो भाउमा नपुग्ने । साह्रै अप्ठ्यारो पर्न गयो अन्त पसलको काम बन्द गर्न बाध्य भएँ । कसैसँग केही नलिई आफ्नो भिन्दै सात्विक कमाइ गरी परिवार निर्वाह गर्ने अनि बाँचेको समयमा जनताको सेवा गर्ने मेरो विचार । तर यस विचारलाई पूरा हुन नदिने एउटा अर्को कारण पनि थियो, म सन् १९४० को श्रावण मासदेखि रोगग्रस्त भएको बल्लबल्ल यस साल (सन् १९४४) मा बिरामीले अलिकति छोडेको छ तर पूर्ण रोग नाश नहुनाले शरीर साह्रै निर्बल छ । कुनै प्रकारको सात्विक कमाइ गर्न सक्ने बल शरीरमा छैन । अतः सभाको निर्णयअनुसार समाजकै माथि परिवारको भार थोपी, नाम मात्रको, ढाँट स्वयम्सेवक हुन स्वीकार गरेँ । छिः छिः कति नसुहाउँदो कुरा गर्दै छु, कति ठूलो आत्मघात म गर्दै छु । यस्तो आत्मग्लानि लिएर मैले सभाको कारवाही बहीमा हस्ताक्षर गरिदिएँ । सभाको तर्फबाट मलाई सर्वप्रथम नौतुना गएर प्रचार गर्नू भन्ने हुकुम भयो । आदेश पाउनसाथ घरादिको बन्दोबस्त मिलाई परिवारसहित नौतुना जान तयार भएँ । घर अनि दोकान दुवै २२ रुपियाँ मासिक किरायामा दिएँ, त्यस किरायाबाट १५० रुपियाँ लिएँ, डेढ सय जति रुपियाँ मैले ऋण पनि तिर्नु थियो । अतः बाटो खर्च पुग्दैन कि भनी मैले १८ जुलाईमा एक पत्र कप्तान साहेब बहादुरसिंह बरालज्यूका हजुरमा पठाएँ । पुगनपुग बाटो खर्चका लागि १०० रुपियाँको सहायता गर्नुहोस् । आस थियो, कप्तान साहेबले अवश्य रुपियाँ पठाइदिनुहुने छ तर २७÷७÷४४ को दुई बजेसम्म बाटो हेर्दा पनि रुपियाँ आइपुगेन । मनमा अनेक कुराहरू खेल्न थाले । मैले भने १÷८÷४४ देखि घर अर्कैलाई किरायामा दिइसकेको, पहिला अगस्तको बिहानै घर अवश्य छोड्नु थियो । तर बाटो खर्चलाई कसो गरुँ ? ऋण नदिऊँ भने पनि नहुने । ऋण दिऊँ भने बाटो खर्च नपुग्ने । केकति कारणले कप्तान साहेबले रुपियाँ पठाउनुभएन ? उहाँले त बचन दिनुभएको थियो, ‘जहिलेसम्म सतसंग प्रचारिणी सभामा धन एकत्र भएको छैन, म पूरा गरुँला ।’ उनकै आशाभरोसामा मैले यो कार्यभार उठाउने निश्चय गरेको थिएँ, किनभने आज १५– २० वर्षदेखि ठाउँठाउँ गोर्खाली संसारमा प्रचार गरी हिँड्दा, अन्तरआत्माले जातिको हित चिताउने अनि जातिका लागि तन, मन, धन सबै अर्पण गरी कर्तव्यक्षेत्रमा हामफाल्ने जातिप्रेमीहरू मैले कप्तान साहेब बहादुरसिंह बराललाई भेटाएको थिएँ ।

तर २८÷७÷४४ सम्म पनि न केही पत्र आयो न रुपियाँ । के कप्तान साहेबले आफ्नो विचार अर्कै गर्नुभएर हो कि ? तुरुन्तै एउटा एक्सप्रेस तार २८ जुलाईको तीन बजेमा धर्मशाला छाउनीको तारघरबाट पठाएँ, ‘पहिला अगस्तमा हिँड्ने विचार छ, हजुरको के आज्ञा छ ?’ जसको उत्तर २९÷७÷४४ को तीन बजेमा ‘हुन्छ आऊ ।’ भन्ने तारद्वारा पाएँ । त्यो तार नपाउँदासम्म त अब अघिकै झैँ स्वतन्त्र प्रचार गर्नुप¥यो भनी ठाउँठाउँको प्रोग्राम बनाउँदै थिएँ । सो तार हात पर्दा मन ढुक्क भयो, प्रोग्राम त नौतुनैको भयो, तर खर्च कसो गर्ने ? साहुको ऋण पछि तिरुँला भन्ने निश्चय गरी १ अगस्तको बिहान साढे आठ बजे डाकमोटरमा पानीले भिज्दै घर छाडी हिँड्यौँ । गग्गल, शाहपुर, कोटला सबै ठाउँमा झमझम पानी पर्दै थियो । मोटरको छानामा राखेको सामानमाथि त्रिपाल ओढाइएको थियो । तर पूरा नछोपिएको हुनाले असबाब सब भिजिसकेको थियो । भाल्ली भन्ने ठाउँबाट कोटलासम्म त झन् मोटर पाँच माइल प्रतिघण्टाको हिसाबले हिँड्न लाग्यो । ठाउँठाउँमा पहिरो गएर सडकै थुन्निएको, डाँडाहरूका खोल्चाखोल्चीको भल जम्मै सडकको माझमा बगिरहेको थियो, मानो सडक के थियो ? एक खासा ठूलो खोलाझैँ थियो । जसोतसो गरी चक्की नदी पार भयौँ, बल्ल पानी पनि थामियो । झण्डै दुई बजेतिर हामी पठानकोटको रेल स्टेशननेर आइपुग्यौँ । रेलैको बाटो जाऔँ भनी मैले स्टेशनैमा असबाब उतार्न लगाएँ । हत्तपत्त टिकेट बाबुकोमा गएर टिकट मागेँ । ‘टिकट दिने समय भएको छैन ।’ भन्यो । तर दुनियाँ लोभी छन्, दुईचार पैसा अप्ठ्यारो परेका परदेशीबाट फुत्काउनका लागि पनि अहिले समय भएको छैन भनी भन्छन् । सो कुरा विचार गरी तिनीहरूलाई पानफूलका लागि भिन्दै भेटी चढाएँ र बल्ल चार टिकेट पठानकोटदेखि गोरखपुरसम्मको ८३ रुपियाँ १२ आना खर्च गरी इन्टर किलासको लिएँ । थर्ड किलासको टिकट लिएर मजस्तो रोगीले सफर गर्नु आजभोलि साह्रै कठिन छ । भित्र ठाउँ नपाएर झुन्डिएर मुसाफिरहरू सफर गर्छन् । रेलमा ठाउँ नपाएर तीनचार दिनसम्म स्टेशनमा मानिसहरू थुप्रिएका देखिए । माराकुटी घुचेटाघुचेटमा निर्बल मानिसहरू कसरी सफर गर्न सक्छन् ? भएन भनेर सँगमा मेरी स्त्री अनि ८५ वर्ष पुगेकी बृद्ध महातारी पनि हुनुहुन्थ्यो । हुल त आजभोलि सबै किलासमा हुन्छ तर इन्टर किलासमा पढेलेखेका भला आद्मीहरू नै धेरै हुन्छन्, अलि मारकुट घुचेटाघुचेट हुँदैन । बस्ने ठाउँ नपाए पनि उभिने ठाउँ त अवश्य पाइन्छ । यस्तो विचार गरी इन्टर किलासको टिकट लिन करै लाग्यो । टिकट लिएर माल बुक गराउन भनी गएँ । त्यहाँ पनि बाबुले आलेटाले कुरा गर्न थाल्यो । यसले खोजेकै हो भन्ने ठानी त्यसलाई पनि भेटी चढाएँ । भेटी पाउनसाथ झट्टै माल जोखजाख पारी बिल्टी काटी हातमा थमायो । जम्मै कुरा ठिकठाक पार्दा मलाई रुपियाँ पाँच बेसी खर्च गर्नुप¥यो । यताउता सोधपुछ गर्दा थाहा भयो कि एक डब्बा (कोच) तीन बजेमा पठानकोटबाट अमृतसर जान्छ, पाँच बजे अमृतसर पुग्छ र सात बजेर चालीस मिनेटमा अर्को रेल अमृतसर– हावडा मेल छुट्छ । तर त्यसमा साह्रै हुल हुन्छ । हुल भएपनि जसोतसो त्यसै डब्बामा जाऔँ भन्ने निश्चय भयो । डब्बा आइपुग्यो । कस्तो हुल थियो, मलाई यहाँ वर्णन गर्न पनि गाह्रै छ । एक खासा मल्ल युद्ध मचियो, बृद्ध महतारीलाई लिईकन त्यस घचारोमा कसरी पसौँ, म आफैँ कमजोर । कोही भित्रबाट बाहिर झर्ने, कोही बाहिरबाट भित्र चढ्न खोज्ने । रेल डब्बाको ढोकामा ठ्याम्मै बुजो लागेजस्तो भयो । न बाहिरको भित्र पस्न सक्ने न भित्रको बाहिर आउने सक्ने, यस्तै संघर्षमा हामी पनि जुझ्दै थियौँ । यत्तिकैमा एउटा पुलिसको सिपाही आएर ढोकामा उभियो र पहिले भित्रका मुसाफिरहरूलाई बाहिर उतारेर बाहिरकालाई भित्र चढायो । त्यस्तो गर्नाले घचारो भए तापनि मानिसहरूले ठाउँ पाइहाले । रेलगाडी पाँच बजे अमृतसर पुग्यो । उहाँ फेरि उस्तै धक्कापेल सुरु भयो । त्यस घचारोमा च्यापिएर प्राण निस्किन्छ क्यारे भनेझैँ भयो । बूढीमाउलाई जोगाउन कठिन प¥यो । बलिया मानिसहरू त टाउको टाउकोमा टेक्नेझैँ गरी फाल काट्न लागे । न ओर्लिन सक्ने न आफ्नो ठाउँमा फर्किन सक्ने । बल्लबल्ल फर्किने बाटो पाएर आफ्नै ठाउँमा गएर बस्यौँ । आठदश मिनेटपछि घचारो अलि कम्ति भयो र घचेटघचाट पारेर बाहिर निस्क्यौँ । पहिले हाम्रो सल्लाह थियो, लुक्सरसम्म यसै गाडी (कलकत्ता मेल) मा गएर त्यहाँदेखि हरिद्वार जाऔँ, आमालाई सँगै ल्याउने मुख्य कारण पनि दुईचार तीर्थ घुमाइदिऊँ भन्ने थियो । तर त्यस घचारोले गर्दा आमाको मन फेरियो । ‘भयो, पछि फर्कंदा सुविस्ता प¥यो भने हरिद्वार स्नान गरुँला, अहिले चाहिँ सोझै जाऔँ, काशी जान पाइयो भने हरिद्वारको महात्म्य पनि भइहाल्छ ।’ अन्त यही निर्णय भयो र सोझै लखनौ उत्रियौँ । राति दश बजे गोरखपुरको गाडी चढी ३ तारिखको बिहान ७ बजे गोरखपुर पुग्यौँ । कप्तान बराल साहेबको दर्शन भयो अनि थाहा भयो कि उहाँले १४÷७÷४४ मा १०० रुपियाँ मनी अर्डर गरेर पठाइदिनुभएको रहेछ । तर कुन्नि के कारण प¥यो पैसा चाहिँ मेरो हात परेन । माल असबाब नआइपुगेको हुनाले तीन दिन कप्तान साहबकै पाहुना भएर बस्यौँ । ५ तारिख साँझको गाडीमा बसी राति डेढदुई बजे नौतुना पुग्यौँ । कप्तान कालुकहाँ हाम्रो डेराको बन्दोबस्त रहेछ । सो त्यहाँ पुगी रात बितायौँ । बिहान भयो, सुवेदार साहेब गिरधारी बिष्ट, जो त्यहाँ एसिस्टेन्ट रैकरुटिङ अफिसरको काम गर्दै हुनुहुन्थ्यो, आउनुभयो अनि उहाँले रासनपानी इत्यादिको बन्दोबस्त मिलाइदिनुभयो । १० अगस्त १९४४ (बिहीबार) मा सतसंगको पहिलो कार्यक्रम नौतुनामा राखियो । ११ अगस्त (शुक्रबार) कृष्णजन्माष्टमीको उत्सवमा भाग लिनका लागि निम्त्याइएको हुनाले म र मेरो छोरो दिग्विजयसेन कुँडाघाट (गोरखपुर) मा गयौँ । राति नौ बजेदेखि साढे बाह्र बजेसम्म कालीमन्दिरमा धुमधामसँगले कथा, वार्ता र भजनगायन गर्ने अवसर पायौँ । बिहानैको गाडीमा नौतुना फर्किने विचार थियो । तर, कुँडाघाटका जनताहरूले मानेनन् । १२ अगस्तको दिन दुई बजेदेखि साढे चार बजेसम्म स्कुल भवनमा अनि साँझ सात बजेदेखि नौ बजेसम्म हेडक्लर्क जम्दार साहेबको घरमा सतसंग प्रचारको कार्यक्रम साजसङ्गीतको साथमा सम्पन्न गरियो । १३ अगस्त (आइतबार) मा पनि यस्तै प्रकारको प्रोग्राम दिनभरि चलि नै रह्यो । मेरो भने आङको लुगा पसिनाले डुङ्डुङ्ती गन्हाउन थाल्यो । कुँडाघाटका गोर्खाली जनताले पचास रुपियाँ सतसंग प्रचारिणी सभालाई दान गरे । १४ अगस्तको बिहानै रेलगाडीमा बसी दिउँसो डेढ बजे नौतुना फिर्ता पुग्यौँ । अति बिसञ्चो हुनाले दुई दिन आराम गरी १६ अगस्तदेखि फेरि सतसंग प्रचार कार्यक्रम नियमित पाराले सुरु भयो । हर आइतबार अनि बिहीबारमा बिहान ८ बजेदेखि १० बजेसम्म सतसंग (ढोगभेट) प्रोग्राम हुन्थ्यो, बाँकी दिनको प्रचार कार्यक्रम बेलुकी पाँच बजेदेखि सात, साढे सात बजेसम्म हुन्थ्यो ।

अब नौतुनाको अलिकति परिचय दिन जरुरी सम्झन्छु । विशेषगरी पश्चिम खण्डको गोर्खाली लाहुरे अनि पेन्सनेहरूको पहाड आउने जाने ठूलो गौँडा नौतुना हो । हामीले यसलाई ‘नौतुना’ भन्छौँ । यो अङ्ग्रेज राज्यभित्र एउटा सानो शहरको रूपमा छ । त्यहाँ रेलको आखिरी स्टेशन छ । नौतुनाबाट झण्डै नौ कोस टाढामा बटौली भन्ने एउटा नगर पहाडको घ्याँचमा तिन्हुँ खोलाको छेउमा बसेको छ । त्यहाँबाट अङ्ग्रेज राज्य सकिएर नेपाल राज्य सुरु हुन्छ । हुन त नौतुना अङ्ग्रेज राज्यमा छ तर अङ्ग्रेजले अरू ठाउँमा जस्तो बन्दोबस्त मिलाएर राखेको छ, त्यस्तो बन्दोबस्त नौतुनामा मिलाएको झैँ बुझिएन । यहाँ लाख रुपियाँको व्यापार हुन्छ । धनी धनी मारवाडी शेठहरू यहाँ व्यापार गर्छन्, नगर पनि ठूलै छ तर कोही अड्डाअदालत अथवा थानापुलिस यहाँ छैन । सिर्फ दुईतीन जना पुलिसे सिपाही बस्छन् । यो नौतुना शासक नभएको प्रदेशजस्तो छ । जसलाई जे मन प¥यो उही गर्दै छन् । केही दरभाउ निश्चित छैन । एक रुपियाँको माल छ, सात रुपियाँको दरमा लाटोसुधो लाहुरेहरूलाई बिक्री गरेका छन् । दोकानदार (पसलेहरू) यति अहङ्कारी ठूला भएका छन् कि सितिमिती बाहिरका मानिसहरूसँग कुराकानी पनि गर्न मन पराउँदैनन् । लाहुरेहरूलाई मात्र आउनुहोस्, बस्नुहोस् भनी फस्ल्याङफुस्लुङ पारी अनीतिको कमाइले आफ्नो ढुकुटी भर्दै छन्, कसैको डर रत्तिभर छैन । यहाँ न सरकारको डर न परमात्माको भय । यस्ता आफूपन्थे नास्तिक, सुनचाँदीका पुजारीहरू मात्र नौतुनामा देखियो ।

अन्दाजी एक सय गोर्खालीहरू होटल खोली भट्टी थापी बसेका छन् । यिनीहरूले देशतर्फ जाने अनि छुट्टी पेन्सनमा पहाडतिर फर्कने गोर्खालीहरूलाई भातरोटी पकाएर ख्वाउँछन् । परदेशीलाई भात पकाएर ख्वाउनु अनि मुनासिब दाम लिनु असल कुरा हो, धर्मको धर्म हुने अनि धनको धन पाइहाल्ने । तर यहाँ अर्कै जङ्गली चाल देखियो । हरेक भट्टीमा डम्फुमादल साथै तरुनी आइमाईहरूको चडकभडक छ । उनैका हातबाट रक्सी ख्वाई लाहुरेहरूलाई जोशमा ल्याउँछन्, अनेक प्रकारको छाँट झिकी मखौल ठट्टा गर्दै गीतमा तानाबाना मार्दै मनलाई विषय बास्नातिर तान्छन् र एकै रातमा एक लाहुरेबाट काफी ज्यादा रुपियाँ फुत्काउँछन् । प्रत्येक भट्टीमा दशपन्ध्र लाहुरेहरू त कमसे कम बसेकै भेट्छौँ । यस हिसाबले एक मामुलीभन्दा मामुली भट्टीवालाले एक रातमा कम्ति भनेको तीन सयजति रुपियाँ लाहुरेहरूबाट खसाल्छन् । ओहो ! कस्तो अनीति, कस्तो अधर्म सय ठाउँमा चलेको छ !

२४ अगस्त १९४४ को राति साह्रै गर्मी हुनाले म राम्ररी निदाउन पाइनँ, अढाई बजे रातदेखिन् हरेक होटलवालाले आफ्आफ्ना झोलामा पाँच छ बोतल हाली हातमा टर्चबत्ती वा लाल्टिन लिएर गल्याङगुलुङ कुरा गर्दै बिहानसम्म रक्सी ओसारेको नजारा मैले कहिले पनि भुल्ने छैनँ । रातभरि भट्टीभट्टीमा मादल बज्दै थियो । बिहानपख मोटरभित्र लाहुरेहरू अटाई नअटाई अनि छानामाथि पन्ध्रबीस जना बसेका थिए । माल बोक्ने लरीले पनि लाहुरेहरूलाई धमाधम ओसार्दै थियो । विश्वयुद्धको बेला आजभोलि लाहुरेहरूको ओहोरदोहोर खुबै तेज भएको छ । रोजै इस्पेशल गाडीले पाँचसात सय गोर्खाली जवानलाई गोरखपुर पु¥याउने अनि त्यहाँबाट ठाउँठाउँ पल्टनहरूमा लैजाने गर्दै छ । लाउरेहरूका पासमा रुपियाँ पैसाको कमी छैन । हजारबाह्र सय त जाबो एउटा मामुली सिपाहीले छुट्टीमा जाँदा बोकेकै हुन्छ । कति तरुनीहरू त मोटर अड्डासम्म लाहुरेहरूका पछिपछि गई कसैको लाज नमानी लाहुरेहरूसँग हात हाली चल्छन् अनि पाँचदश फुत्काएर ल्याउँछन् । कति आइमाईले राति विचेत भएका लाहुरेहरूका जम्मै रुपियाँ झिकेर लुकाइदिन्छन् र ती बरा घरमा पनि नगई त्यहाँबाट छाउनीतिर रित्तै फर्कन्छन् । बटौलीतिर त कति लाहुरेहरूलाई भट्टीवालाले लुटपिट गरी प्राणसमेत हरेर राति जङ्गलमा फालेर आउँछन् भन्छन् । यस विषयमा कुनै नौतुना निवासी भला आद्मीसँग कुरा ग¥यो भने यस्तायस्ता डरलाग्दा कुराहरू सुनाउँछन् कि यो आँङ त्यसै जिरिङ्ग भएर आउँछ । हामी सर्वत्र नाम पाएका बहादुर र इमान्दार गोर्खाली हौँ भन्ने कुरा त यहाँ छँदै छैन । जातिको गौरव भन्ने के हो कसैले बुझेको छैन । कति जना तरुनीहरू मदेशेसँग अँगालो मारी बजार बजार डुल्छन् । कतिजना गोर्खालीहरूले यहाँ आइमाई बेच्ने काम पनि गर्छन् भनी थाहा भयो ।

पहाड घरतर्फ गई रुपियाँ पैसाको लोभ र झिलिमिली लुगालत्ता देखाई लाटीसुधी केटीहरूलाई फस्ल्याङफुस्लुङ पारी साथमा लिएर आउँछन् अनि टाढाटाढा मधेशमा लगेर बेचिदिन्छन् । उहिले उहिले म पञ्जाबका जम्मै शहर गाउँमा धर्मप्रचारनिमित्त डुल्ने गर्थें । प्रत्येक सानोभन्दा सानो नगर अनि गाउँमा पनि दुईचारजना गोर्खाली आइमाई पन्जाबिनी भएर बसेकी मैले आफ्नै आँखाले देखेँ । मनैमनमा साह्रै दुखित भएर विचार गर्थें कि यतिका धेरै गोर्खाली आइमाईहरू कसरी यति टाढा यहाँ छापिन आइपुगे ? आज नौतुनाको हालचाल देख्दा अनि सुन्दा नबुझेका कुराहरू बल्ल बुझेँ । नौतुना मात्र होइन, यसप्रकार घिनलाग्दो व्यापारका अड्डा रक्सौल वीरगञ्ज इत्यादि ठाउँहरूमा पनि रहेछन् भनी मैले चाल पाएको छु । नेपाल सरकारले कुनै तरुनी आइमाईलाई बिनाजाँचको मदेशतर्फ जान नदिनू भन्ने कडा हुकुम जारी गरेको छ । सबै अड्डा चौकीहरूमा रोकथाम हुन्छ । तर पनि यी आइमाईहरूलाई कसरी कुन बाटो निस्काएर लैजान्छन् ? ती जात फाली दुःख पाएकी आइमाईहरूसँग मैले त्यहाँ (पञ्जाबमा) भेटेर कुरा गर्न धेरैपटक कोशिस गरेँ तर ती आइमाईहरूलाई जसै थाहा हुन्थ्यो कि यो गोर्खाली हो, एकदम लुकिजान्थे, सामने पर्दैनथे । म दङ्ग पर्थें, म त झन् आफ्नै दिदीबहिनी भनेर मायाले कुरा गर्न खोज्थेँ तर उनीहरू मलाई देखेर भाग्ने किन ? धेरै वर्षपछि आज त्यसको अर्थ पनि बुझ्न सकेँ । उनीहरूको श्रद्धा, विश्वास र मायाप्रेम गोर्खालीप्रति रित्तिइसकेको थियो । तिनीहरूको हृदयले गोर्खालीलाई सायद यसरी धिकारिरहन्थ्यो होला ‘हे निच पापी स्वास्नी बेचुवा गोर्खाली जाति, हामी गरिब अवलालाई धोकामा पारी हाम्रो जीवनलाई सधैँका लागि नाश पारिदियौ । अब कौन मुखले हामीसँग कुरा गर्न आएको ? जाऊ, हामी दुखी छौँ वा सुखी, हाम्रो सोधपुछ गर्नुपर्दैन । हाम्रा घर, इष्टमित्र, दिदीबहिनी र आमाबाबुसँग सधैँका लागि छुट्याई विदेशमा थुनुवा बनाउने निच गोर्खाली हो, जाऊ हामी तिमीहरूको मुख हेर्दैनौँ ।’

नौतुनामा गोर्खालीको यस्तो नजाती अवस्था देखेर जाती हितैषी कप्तान साहेब बहादुरसिंह बरालको मनमा साह्रै दुख लाग्यो र उहाँले केही समय अघिदेखि नै यहाँ सतसंग (ढोग) को साप्ताहिक कार्यक्रमद्वारा समाजसुधारको काम थाल्नुभएको रहेछ । त्यस सतसंगको प्रभावले गर्दा रुपियाँमा एक या दुई आना सुधार अवश्य भएको होला जस्तो लाग्छ । जहिलेसम्म कप्तान साहेबले नौतुनामा रैकरुटिङ अफिसरको काम गर्दै रहनुभयो उहिलेसम्म नौतुनामा काफी राम्रो सुधार हुँदै गयो । कप्तान साहेब यहाँबाट बदली भएर कुँडाघाट (गोरखपुर) जानुभएपछि उप्रान्त आजभोलि सुवेदार साहब गिरधारी बिष्टले कप्तान साहेबको पदभार सम्हाल्नुभएको छ । बिष्ट साहेबले पनि सतसंगको कार्यक्रमलाई झन् राम्रो ढङ्गले चलाइराख्नुभएको छ । यसै सतसंग प्रथालाई अझ बलियो बनाउन ससङ्गीत धर्मप्रचारको उद्देश्यले गोर्खा सतसंग प्रचारिणी सभा धर्मशाला (भाग्सू) ले मलाई नौतुना खटाइपठाएको हो ।

सतसंग भजनको नियमित कार्यक्रमबाहेक मैले यहाँ कथा पुराण, गायन गरेर सुनाउँदै अनेक प्रकारको धर्म उपदेश दृष्टान्त दिएर जनतालाई असल बाटोतिर हिँडाल्ने कोशिस गर्दै छु । तर संसारको एक छेउबाट अर्को छेउसम्म, पूर्वपश्चिम, उत्तरदक्खिन कतै गएर हेरे पनि यस वर्तमान कालमा लोभ नभएको मानिस कहाँ कता पाइएला ? सबैको मनमा एकैनासे लगन छ कि कुन सजिलो भन्दा सजिलो ढङ्गले म धेरैभन्दा धेरै धन जम्मा पार्न सकूँ । अनपढ र दुष्ट भए तापनि यदि उसैको सँगमा धेरै धन छ भने उसले संसारमा मान, प्रतिष्ठा पाएकै छ । समाजसुधारक विद्वान्हरूले पनि यस्तै उपदेश ठाउँठाउँमा दिँदै हिँड्छन् । साँचै भनुँ भने उन्नतिको मूल जरो धनै रहेछ । धनले गर्दा युरोप र अमेरिकाका सम्पन्न जातिहरूले संसारमा कस्ताकस्ता काम गरी देखाए अनि देखाउँदै छन् । धार्मिक गुरुहरूको पनि आजको समयमा यस्तै भनाइ छ, धन भएमा दान, पुन्य, तीर्थ, व्रत इत्यादि हुन सक्छ, परमात्मा प्राप्तिका लागि पनि धनैको खाँचो छ । समस्त भूमण्डलमा पैसा खुबै कमाउने हो भन्ने प्रचार बढेको छ भने नौतुना निवासीले केही अर्घेलो काम गरेको त म देख्दिनँ । आफ्आफ्ना योग्यताअनुसार यिनीहरूले पनि संसारको देखादेखीमा धन कमाउँदै छन् । रक्सी बेची कमाएको धन भनुँ भने रक्सी नबेच्ने जाति आज संसारमा को छ होला ? मैले पश्चिम एसिया र युरोपका साना ठूला धेरै शहरहरू घुमी राम्ररी देखेको छु । ती धनी देशहरूमा रक्सीको पसल गन्ती नगरिसक्नु छ । जता जाऊँ रक्सीकै पसल मात्रै छ, प्रत्येक पसलमा रक्सी बिक्री गर्ने तरुनी आइमाईहरू छन् । जस्तो हाम्रो नौतुनामा मादल, डम्फु बजाएर गीत गाउँछन्, उस्तै प्रकार उहाँ पनि प्यानो, वायलिन, साज बजाएर तरुनीतन्देरीहरू सँगसँगै मिलेर नाचगान अनि खेलठट्टा, हाँसो गर्छन् । नौतुनामा केही अनौठो कुरा मैले देखिनँ यदि धन कमाउँदामा केही पाप हुने रहेछ भने त्यसको उपाय पनि त हाम्रो समाजमा छँदै छ, सालमा एकपटक श्री सत्यनारायण भगवान्को पूजा गरेमा जम्मै पाप सजिलैसँगले पखालिन्छ ? ‘जाऊ, मित्रसेन नौतुना गएर सतसंग प्रचार गर ।’ भनी मलाई यहाँ खटाइपठाएको कुरा सत्य हो तर नौतुनाको हालको अवस्थालाई देख्दा कस्तो प्रकारले समाजसुधारको कुरा यहाँको जनताको सामुने राखुँ ? रक्सीको खण्डनमण्डन गर्ने कि नगर्ने ? लाहुरेहरूलाई लुटपिट नगर भन्ने कि चुपचाप लागी बस्ने ? मैले सुनाउँदै गरेको उपदेशको प्रभाव यहाँ असल पर्दै छ वा उल्टो ? मनमा अनेक प्रकारका चिन्ता, शङ्का चलिबस्छ । सबैमा धन जम्मा पार्ने इच्छा प्रबल छ किनभने धनैमा शक्ति छ । हरेक मानिसले राम्रो लाऊँ, रेलमोटरमा सफर गरुँ, ठूलो घर बनाऊँ, जमिन जग्गा बढाऊँ, सन्तानलाई खुबै पढाऊँ, सभासमाजमा मानइज्जत पाऊँ भन्ने चाहना गर्छ । यो प्रत्येक कुरा पूरा हुन सक्छ, मात्र पैसाको शक्तिले । पैसा उपार्जनका निम्ति कसैले नोकरी, चाकरी गर्दै छन्, कोही जमिनजग्गा कमाउँछन्, कति सौदाव्यापारपट्टि लागेका छन्, कोही चोरीडाँका गरेर अथवा धर्मकर्मका आडमा जीवन निर्वाह गर्ने छन् भने नौतुनावासीले आफ्नो धन उपार्जनको यस्तो सजिलो बाटो किन छोड्ने ? यो सतसंग (समाज सुधार) कार्यक्रमले केकति प्रभाव यहाँ पार्न सक्यो अथवा पार्नसक्छ अन्दाज लगाउन अलिक गाह्रो छ । तर हामी गोर्खाली हौँ भन्ने आत्मगौरव अब अलिअलि यहाँ जागेको जस्तो मलाई लाग्छ ।

३१ अगस्त १९४४ (बिहीबार) मा नौतुनाको एक भागमा हाम्रो सतसंग प्रचार (जाति सुधार) कार्यक्रम समाप्त भयो । समाप्तिका दिन श्रद्धालुजनले सिदा लिएर आए । जम्मै सिदादी जम्मा पारेर अघिल्लो दिन हाम्रो डेरामा पु¥याइदिए । तीसपैँतीस सेर चामल दुई छटाँक मसला, बेसार, नुन र एक छटाँकजति घिउ । यसबाहेक सतसंग प्रचारिणी सभालाई ३५० रुपियाँ दान प्राप्त भयो । हवल्दार सेतु आलेले चाहिँ कुन्नि किन हो कति रोक्दा पनि सुरुको दिनदेखिन् कहिले केही, कहिले केही सामान लिएर आउनुहुन्छ । मेरो आत्माभित्रको आवाजले भन्छ, ‘मित्र सिदा लिने काम तैँले निको गरिनस् ।’ तर श्रद्धाले दिएको सिदापानीलाई निरादर गर्नु पनि त उचित ठहरिँदैन । हामी चारजना परिवारमा छौँ । बाहिरबाट हामीलाई कुनै प्रकारको आम्दानी छैन । दिनभरि जाति सुधारका कुराहरू कथा, कविता, निबन्ध, गीत, भजन आदि लेख्छु । साँझ प्रचारकार्यमा लागिरहन्छु । शरीर अझ राम्रो तङ्ग्रिएको छैन । यहाँ सौदा पत्ता साह्रै महङ्गो छ । मामुली मोटो चामल एक रुपियाँको एक सेर, घिउ रुपियाँको पाँच छटाँक, तेल बाह्र छटाँक, आँटो दुई सेर । गृहस्थमा सबै थोक चाहिने । लुगाफाटा पनि सफा राख्नुप¥यो । सागतरकारी महङ्गो बेसाहामा मेरो पारिवारिक खर्च कम्तिमा भनेको ५० रुपियाँ मासिक त अवश्य होला । मेरा मित्र कप्तान बरालज्यू अनि सुवेदार बिष्टज्यूले मेरो र मेरो परिवारका लागि सकेसम्म मद्दत गरि नै रहनुभएको छ ।

जातिसेवाले तप र त्यागको माग गर्छ तर यसभित्र एक अजिव किसिमको आनन्द पनि छ । यसै आनन्दको लोभले गर्दा राधा फिल्म कम्पनीको डाइरेक्टरको प्रलोभन जालबाट म बाँच्न सकेँ । ‘डेढ सय रुपियाँ मासिक र बस्ने घर फ्री दिन्छौँ, कम्पनीमा काम गर ।’ भनी जोर हालेर भन्नुहुन्थ्यो । मैले चाहिँ मानिनँ । पोहोर साल लाहोर सनातन धर्म प्रतिनिधिसभाका मन्त्रीज्यूले ‘सभामा आएर फेरि काम गर्नुस्, तपार्इंलाई अघिभन्दा बढ्ता तलब दिने छौँ ।’ भनी आग्रह गर्नुभयो तर मैले ‘हुँदैन ।’ भनी उत्तर दिएँ । यस्तै प्रकार मेरा कतिजना धनीमानी देशी मित्रहरूले कतिपटक मलाई भनिसके, ‘तपाईं हाम्रोमा आएर बस्नुहोस्, जिमिनजग्गा, गाईभैँसी जम्मै गृहस्थका सरसरजाम मिलाइदिन्छौँ, आनन्दसाथमा जीवन निर्वाह गर्नुहोस् र समयसमयमा धर्मप्रचार गरेर उपकारको काम पनि गर्नुहोस् ।’ तर मैले त्यो सुझाउ पनि मानिनँ । मेरो लगन त आफ्नै जातितिर लागेको छ, कसरी म आफ्नो परिवारको सुखआनन्दको मात्र विचार गरुँ ? पैसा कमाउने इच्छा भएको भए म किन यो धर्मप्रचारको काम गरिहिँड्ने थिएँ ? आजभोलि यस महायुद्धमा खेर गएको लाटालुरेलाङ्ग्रे पनि जम्दारसुवेदार भएका छन्, के म जाबो हवल्दारसम्म पनि हुन सक्तिनथेँ ? मेरा इष्टमित्रले पनि भनिरहन्छन्, ‘मास्टरले छोरोलाई सपार्न सकेन । आफू धर्मप्रचारतिर लागे पनि छोरालाई त अङ्ग्रेजी तालिम पढाएर कतै जागिरे बनाउनुपर्ने थियो । नभए पल्टनमा भर्ती गराइदिनुपर्ने थियो । यति समझदार मानिस भएर किन भूल गर्दै छन् ?’ चारैतिरबाट आवाज उठ्दै छ । मैले छोरालाई ‘जस्तो तेरो विचारमा आउँछ, उस्तै गर् ।’ भनी स्वतन्त्र छोडेको छु । तर उसले चाहिँ कसैको कुरा नसुनी, अनेक दुःख अपमान सही, ‘म पनि जातिसेवा नै गर्छु ।’ भनी अग्रसर भएको छ । भविष्यमा कहाँसम्म ऊ अड्न सक्छ । यस कुराको अड्कल गर्न गाह्रो छ किनभने यो धर्मप्रचारको बाटो साह्रै अप्ठ्यारो छ । यसमा अनेक प्रकारका कष्ट छन् । छोराको अहिले बुद्धि छिप्पिएको छैन, १९ वर्षको उमेर छ । अहिलेसम्म त ऊ आफ्नो योग्यताअनुसार काम गर्दै छ । यदि राम्रो सङ्गत रह्यो र जातिले उसको उत्साहलाई बढाउँदै ग¥यो भने भविष्यमा राम्रै काम गर्ला ।

मैले जीवनभरि यात्रा नै गरेँ, ठाउँठाउँमा धर्मप्रचार गरी हिँडेँ तर यस्तो यात्रापुस्तक लेख्ने प्रयास अघि गरिनँ । १३ जुलाई १९४४ मा जुन दिन गोर्खा सतसंग प्रचारिणी सभाको स्थापना भाग्सूमा भयो, श्रीमान् माननीय मास्टर नत्थुराम बिएबिटीबाट मर्जी भयो कि ‘तपाईंले एउटा डायरी लेख्नुपर्छ । ठाउँठाउँ गएर केके हुन्छ ? केके काम गर्नुहुन्छ ? सबै कुराहरूको नोट गर्नुहोला ।’ उहाँको आदेशअनुसार यो डायरी यस ढङ्गले लेख्दै छु । यो लेख्दा मनमा विचार उठ्छ कि पुरानो जीवन यात्रा वृतान्त पनि लेखूँ । सो भगवान्को इच्छा ।

१÷९÷४४ को बेलुकी बिष्ट साहेबले मलाई २० रुपियाँ दिएर भन्नुभयो कि यो कप्तान साहेबले तपाईंहरूको खर्चका लागि पठाइदिनुभएको छ । ४÷९÷४४ देखि नौतुनाको अर्को भाग कप्तान टोलमा सतसंग प्रचारकार्य सुरु भयो । सतसंगको कार्यक्रमबाहेक मैले यहाँ सुदामाभक्तको चरित्र भजन गाएर सुनाएँ । दश दिनसम्मको यो सङ्गीत, कथा सकिएपछि यहाँ पनि श्रद्धालुजनले सिदापानी दिए अनि सतसंग प्रचारिणी सभालाई ३२ रुपियाँ ८ आना दान प्राप्त भयो । १४÷९÷४४ मा थाहा लाग्यो कि बराल साहेब ज्यादै बिसञ्चो हुनाले लखनौको ठूलो मिलिट्री अस्पतालमा दाखिल हुनुभएको छ । सो समाचारले हामी सबैलाई दुखी गरायो ।

‘१९÷९÷४४ देखि नौतुनाको दशैँघरमा दुर्गा चरित्र सुनाउनू ।’ भनी बिष्ट साहेबले अनुरोध गर्नुभयो । पाँच दिनसम्म दुर्गा चरित्र गायन गरी २३÷९÷४४ मा यो कार्यक्रम समाप्त गरियो । कप्तान साहेब बरालसँग सल्लाहविचार गरी मैले लेखेका भजन, कथा, गीत, उपदेशादि पुस्तकका रूपमा गोरखपुरको कुनै प्रेसमा छापेर सतसंग सभा हुँदा बिक्री गर्दै जाउँला भनी विचार गरेको थिएँ तर उहाँको लामो बिमारीले गर्दा मेरो योजना बिग्रँदै गएको जस्तो लाग्छ । धर्मशालादेखि नौतुनासम्म आएको बाटो खर्च एक सय अड्तीस रुपियाँ छ । पैसा सतसंग प्रचारिणी सभा भाग्सू (धर्मशाला) बाट अझ आइपुगेन । मेरो पासमा भएभरिको पैसा जम्मै सिद्धिसक्यो । बूढी आमालाई तीर्थ घुमाउन भनी ल्याएको रुपियाँ अब अलिअलि गरी खर्च गर्नुपर्दै छ ।

भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नौतुनाको नजिकैमा पवित्र तीर्थस्थान छ । झण्डैझण्डै दुईअढाई कोस टाढा छ । तर आजभोलि बाटो खराब छ, ठाउँठाउँमा पानी छ भन्ने थाहा भयो र दर्शनका निमित्त केही दिनपछि जाने निश्चय ग¥यौँ । जन्मभूमि भाग्सूदेखि टाढा नौतुनासम्म आएर मुखसामनेको गोर्खा पहाडपखेरालाई देखाउन पनि जरुरी थियो । सो बिष्ट साहेबको अनुमतिले पहाडतर्फ रिडीसम्म गई गङ्गा स्नान गरी नौतुना फर्की आउने चाँजो मिलायौँ । दशैँटीकाको अघिल्लो दिन २९÷९÷४४ (बिहीबार) तदनुसार १३ असोज २००१ सम्वतमा हिँड्ने पक्का ठहरियो । सिरिफ बाटोमा चाहिने विस्तारा, लुगा, पकाई खाने भाँडा, रासन इत्यादि अलिअलि गर्दा पनि एउटा भरियाको भारी भइहाल्यो । यदि भरिया पाइएन भने यो भारी हामीले आफैँ बोकेर हिँडौँला भनी निर्णय गरियो । १३ असोजका दिन मोटरमा बसेर बटौलीतिर लाग्यौँ । नौतुनाबाट हिँड्दा मेरो गोजीमा जम्मा पच्चीस रुपियाँ थियो । पाँच रुपियाँ मोटरभाडा तिर्नुप¥यो । दश रुपियाँको मोहोर साटेँ । सो फर्किंदालाई दश रुपियाँ मात्र रह्यो । आफैँले भारी बोकेर हिँड्दा पनि रिडी यात्रा गरेर नौतुना फर्किनसम्म मलाई पुग्छ वा पुग्दैन ? परमात्मामा भरोसा राखी हिँडेँ । ईश्वरले आमालाई बल प्रदान गर्नुभो । विस्तार विस्तार ठाउँठाउँमा बिसाउँदै बत्ती बाल्ने बेलामा नुवाकोटको चौकीमा पुग्यौँ । थाकेर हलाक भएको प्राण मात्र बाँकी थियो । चौकीको हवल्दारलाई भनी चौकीमा नै बास बस्ने इरादा थियो । तर चौकीमा कोही पनि थिएन । त्यहाँ एउटी नेवार्नीको पसल रहेछ, सोधपुछ गर्दा चौकीको हवल्दार त टीका लाउन भनी हिजो गाउँमा गएका हुन्, थाहा भयो । सरकारी बन्दुक हातहतियार छोडेर, आफ्नो ड्युटीको पर्वाह नमानी जाने त्यो हवल्दार कस्ता रहेछन् छक्क लाग्यो ।

चौकीमा रात काट्ने आस पनि टुट्यो, उता तिनी नेवार्नी बहिनीले पनि बास दिन मानिनन् । रात पर्न लाग्यो । आमाले रातिमा आँखा नदेख्ने । विवश भएर झेरदीतिर ओह्रालो झर्नुप¥यो । झेरदीको पहिलो भट्टीमा बास माग्यौँ तर पाइएन । मन साह्रै दुख्यो । किन भट्टीवालाहरूले हामीलाई बास दिन मन गर्दैनन् ? यी लाहुरेहरूलाई मात्र खोज्छन् ? कारण स्पष्टै छ, जसको पासमा पैसा छ, उसको कदर संसारमा हुन्छ । हामी चामल बोकी हिँड्नेहरूबाट भट्टीवालाहरूलाई केको आम्दानी हुने ? लाहुरेहरूले रक्सी खान्छन्, कुखुरा काट्न लाउँछन् । तिनीहरू बास बसे १५ वा २० रुपियाँ झर्ने भयो । हामीलाई बास दियो भने चार मानिसको बीचमा धेरैभन्दा धेरै एक सुका पैसा पाउने भयो । सर्वशक्तिमान, सबै रोगव्याधि हटाउन सक्ने, जम्मै पापको नाश गराई स्वर्ग पु¥याउन सक्ने, मनको जम्मै इच्छा पूर्ण गर्न सक्ने साक्षात् पैसारूपी भगवान्लाई प्राप्त गर्न छाडी, धर्मकर्मको पछि किन पो लाग्थ्यो ? संसारमा मझैँ मुर्ख कुन होला ? पैसाको चमत्कार देख्दा मेरो पनि पैसातिर मन तानिन्छ । तर मनको भित्री कुनाबाट कसैले मलाई सावधान हो, भन्छ, रोक्छ । रात परिहाल्यो । आमा आत्तिन लागिन् । एउटा भट्टीमा भारी चाकरी गरेर बल्लबल्ल बास पायौँ तर यो शर्तमा कि यदि लाहुरेहरू आएछन् भने पटामा बास बस्नुपर्ला । नभन्दै केही छिनपछि लाहुरेहरू आए अनि मुनि अर्को भट्टीमा बास बसेँ । यो देखेर हाम्री भट्टीवाल्नी रिसले भुतुक्क भइन् । ‘यिनीहरूलाई देखेर यी लाहुरेहरू यहाँ बसेनन्, मलाई नोक्सान पा¥यो ।’ इत्यादि अनेक कुराहरू हामी ननिदाउञ्जेलसम्म गनगनाउँदै रहिन् ।

यसरी रात काटी १४ असोज (३० सितम्बर ४४) को बिहान त्यसै भट्टीमा भात खाएर आआफ्नो गुन्टा बोकी दोवानखोलातर्फ ओह्रालो लाग्यौँ । आमाको यौटा घुँडा ज्यादै कमजोर हुनाले ओह्रालो झर्दा तकलिफ हुन्थ्यो । विस्तार विस्तार हिँडी तीन घण्टामा बल्लबल्ल दोवान खोलामा पुग्यौँ । हिँड्दै बस्दै गर्दा बल्लबल्ल साँझ झिमझिम हुनेबेलामा मनयाक भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ एउटी नेवार्नी बूढीमाऊको घरमा बास बस्यौँ । त्यहाँ कुनै प्रकारको कष्ट हामीलाई भएन । राम्रो सत्कार भयो । १५ असोजको बिहान भातभान्सा गरेर सुस्तोविस्तो सिस्नेखोलातिर लाग्यौँ । डुम्रे र नयाँपाटीको बीचमा पुग्दा सूर्य अस्तायो । नयाँपाटीसम्म पुग्दा झमक्क राति भइहाल्ने छ । आमाले आँखा देख्न छाडिन् भने डो¥याउनुपर्ने छ, बरु यस्तै बेलामा बास बस्न पाए हुने थियो, विचार गरेर नयाँपाटीको वरै खोलाको छेउमा एक भट्टीमा बास माग्दा बास दिएनन् । विवश भई नयाँपाटीतर्फ बढ्दै गयौँ । बाटोबाटै दाउरा पनि खोज्दै गयौँ । नयाँपाटी पुग्दासम्म राति भइहाल्यो । एउटा थकाल्नी बहिनीले हामीलाई बास दिइन्, राम्रो आदरसत्कार गरिन् ।

१६ असौज (१ अक्टोवर ४४) को बिहान त्यसै भट्टीमा भातभान्सा गरी बाटोमा मैलिएका लुगाहरू फुकाली सफा लुगा फे¥यौँ । भाँडाविस्तारा पनि बाँधेर त्यहीँ छाड्यौँ । तानसिङ नयाँपाटीबाट एक कोस छ । मेरो मित्र मेजर भूपेन्द्रविक्रम तनासिङको जङ्गी अड्डामा हुनुहुन्छ । उहाँकै आश्रयमा गुन्टा त्यहीँ भट्टीमा…..

नोटः श्री पूज्य पिताजीले यहाँसम्म लेख्दै हुनुहुन्थ्यो । उहाँ अचानक बिसन्चो हुनुभयो, लेख्दालेख्दै चट्ट छोड्नुभयो । छाडेको छाडै पार्नुभो । अन्त १÷१०÷४४ देखिन् उहाँको मृत्युकाल (९÷४÷४६) सम्मको यात्रा–डायरी छोटकरीमा लेख्दै छु ।

– दिग्विजय सेन ‘प्रदेशी’

त्यहीँ भट्टीमा गुन्टा राखी हामीहरू नयाँपाटीको फाँटको बाटो, त्यहाँको हरियो सुन्दर दृश्यलाई हेर्दै तानसिङको उकालो चढ्यौँ । तकरीवन चार बजे साँझ बाबुसाहेब मेजर भूपेन्द्रविक्रमज्यूका भवनमा पुग्यौँ । श्री भूपेन्द्रसमेत उहाँको जहानपरिवारले हाम्रो स्वागत गरे । उहाँले हाम्रो गाँसबासको असल व्यवस्था मिलाइदिनुभयो । चार दिनजति आराम गर्नाले बाबालाई निकै स्वास्थ्यलाभ पुग्यो । ५ अक्टोबर २०४४ मा बिहानै ६ बजे हामीहरू रिडी जान भनी तयार भयौँ । बतासेडाँडा, चुतरा भञ्ज्याङ, कुरुङखोलाको बाटो हुँदै तीन बजे अर्घेली पुग्यौँ । अर्घेलीबाट ओह्रालो झरी साढे पाँच बजेतिर रिडीको प्रसिद्ध देवमन्दिर ऋषिश्वरको धर्मशालामा पुग्यौँ । रिडीको चारैतर्फ पहाड हुनाले त्यहाँ छिट्टै रात पर्छ । हामी पुग्दा साँझ परिसकेको थियो । त्यही धर्मशालाको एक कुनामा डेरा जमायौँ । धर्मशाला ह्वाङ्ह्वाङ्ती थियो, ढोकाझ्याल नभएको । पास पसलबाट एकुन्टा गिलास चिया खाएर दिनभरि हिँडेको थकान मेट्यौँ । केहीपछि तानसिङबाट नै पकाएर ल्याएको खानासाना खाएर ओछ्यान गरी त्यहीँ भुइँमा लड्यौँ । कृष्णगण्डकीको सामुन्नेमा खल्लबल्ल गर्दै बगिरहेको मधुर आवाज तर मुटुसम्म छेड्ने चिसो बतास दुवैको आस्वादन गरी रात काट्यौँ । बिहानपख घामले अलि न्यानो गराएपछि गण्डकीमा नुहाउन भनी गङ्गाछेउमा गयौँ । स्नान आदि गरी फर्किंदा बाटोमा एकजना मानिसले बाबालाई चिनेछन् । एकछिनमा सारा रिडीमा लौ मास्टर मित्रसेन परिवारसमेत यहाँ आउनुभएको छ भन्ने खबर फैलियो । धर्मशालामा पुगी हामीहरू चिया खाँदै थियौँ, त्यत्तिकैमा रिडीका प्रसिद्ध मानिस दुर्गा शाह र त्यहाँका जनता स्वागतका निम्ति हामीनेर आइपुगे । गण्डकी नुहाएर आजै तानसिङ फर्किने विचार थियो । तर रिडीका जनताको आग्रहले एक महिनासम्म त्यहाँ बस्नुप¥यो । कात्तिक एकादशीमा रिडीमा ठूलो जात्रा निस्किन्छ, त्यतिबेला ऋषिश्वर तीर्थ महात्म्य विषयमा एउटा नाटक तयार पारिदिनुहोस् भनी सबैले बाबासँग अनुरोध गरे । बाबाले केही पौराणिक तथ्यका आधारमा एउटा नाटक लेख्नुभयो । रिहर्सल सुरु भयो । नाटकको मुख्य रोल बाबाले आफैँ अदा गर्नुभयो । नाटकको पहिलो शो रिडीबजारमा अनि दोस्रो शो ऋषिश्वर मन्दिरमा एकदमै राम्रो प्रकारले सम्पन्न भयो । जनताको फर्माइसलाई पूरा गर्नका निम्ति अघिल्लो रोज पनि धुमधामसँगले ऋषिश्वर मन्दिरमा एक शो अझ भयो । नाटकको कार्यक्रम सकेपछि रिडीका जनतासँग बिदा माग्यौँ । यसरी एक महिनापछि तानसिङ फर्कियौँ । तानसिङमा एक हप्ताजति बसी नौतुना फर्की आयौँ । बाबु साहेब मेजर भूपेन्द्रविक्रमज्यूले हाम्रो सुविस्ताका लागि दुई जना भरियाहरूको व्यवस्था मिलाइदिनुभयो ।

डिसेम्बर ४४ को पहिलो सप्ताहमा नौतुना फर्की आएपछि तीनचार दिन आराम गरेर बस्यौँ । त्यसपछि नौतुनाको रैकरुटिङ अफिसरको सामुन्ने फेरि सतसंग प्रचार कार्यक्रम साथसाथै बाबाले भक्त अम्बरिषको कथा गायन रूपमा सुन्दर प्रकारले जनतालाई सुनाउन सुरु गर्नुभयो । बीचबीचमा उहाँले नैतिक र सामाजिक विषयमा पनि व्याख्या दिनुहुन्थ्यो । कहिले झ्याउरे लयमा हँसाउने खालका गीत गाएर घत लाग्ने कुराहरू सम्झाउने यत्न गर्नुहुन्थ्यो । यो कार्यक्रम गर्दागर्दै सन् ४४ बित्यो अनि ४५ लाग्यो । नयाँ सालको सुरुमासमा अल इन्डिया ब्रोडकास्टिङ रेडियो स्टेशन, दिल्लीबाट रेकर्डिङका लागि बाबालाई बोलाइपठाए । ‘आमा र बज्यैको ख्याल राख्नू अनि सतसंगको कार्यक्रमलाई नियमित रूपले चलाउँदै रहनू ।’ बाबाले मलाई आदेश दिनुभो । बाबाको सेवा, सहायता र सुविस्ताका लागि बाबु जसबहादुरज्यूले आफ्नो छोरालाई साथमा पठाउनुभयो । दिल्ली र लाहोरमा गई रेकर्डिंङ आदिको काम सिद्धिएपछि बाबा तीन सप्ताहबात नौतुना फर्की आउनुभयो अनि सतसंग प्रचार आदिको जिम्मेदारी उहाँले आफैँ सम्हाल्नुभयो । सन् १९४५ अगस्त मासको आधासम्म नौतुना अनि कुँडाघाट (गोरखपुर) मा कथा, सङ्गीत, व्याख्यान, भजन, सतसंग कार्यक्रम सुचारुरूपले चलि नै रहेको थियो । बाबाले फुर्सद पाएमा निबन्ध, कविता, नाटक, गीत आदि पनि धमाधम लेखिबस्नु हुन्थ्यो । आमाजी सख्त बिमार हुनुभयो । गोरखपुरको नामी डाक्टरसँग जाँच गराउँदा उहाँले आमालाई दुईचार महिनाका लागि हावापानी बदली गर्नका निमित्त पहाडतिर लिई जाऊ भनी सल्लाह दिनुभयो । बज्यैले भाग्सू फिर्ता हुन्छु भन्नुभो । कप्तान साहेब बरालज्यू अनि सुवेदार साहेब बिष्टज्यूका सरसल्लाहले बजैलाई भाग्सू फिर्ता पठाउने बन्दोबस्त गरियो अनि हामी तीन जना (बाबा, आमा र म) शिलाङ जाने आँट भयो । भारतस्थित जम्मै गोर्खाली पल्टनहरूमा बाबाको उहिलेदेखि नै राम्रो चिनजानी र आनाजाना थियो । त्यसकारण शिलाङका सबै गोर्खालीहरूले बाबालाई राम्ररी चिन्थे ।

१९ अगस्त ४५ को साँझ हामी रेलमा बसी गोरखपुरदेखि शिलाङतर्फ हिँड्यौँ । २२ अगस्तमा गोहाटी पुग्यौँ तर हाम्रो सामान असबाब ढिलो पुगिदिएकाले २५ अगस्तको साँझ मात्र हामीहरू मोटरबाट हिँड्यौँ । बिहान भात खाएर मौप्रेम गाउँमा गयौँ । श्री देवसिंह जोशी अनि श्री लोकनाथज्यूसँग हाम्रो भेटघाट भयो । उहाँहरूले हाम्रो बासगाँसको असल व्यवस्था मिलाइदिनुभयो । आमाको इलाजपट्टि विशेष ध्यान दिए तापनि बाबाले आफ्नो सतसंग प्रचार कार्यक्रम हामी पुगेको तीनचार दिनपछि सुरु गरिहाल्नुभयो । पहिलो प्रोग्राम ठाकुरबाडीमा भयो, एक सप्ताहसम्म । त्यसपछि दुई सप्ताहको कार्यक्रम पाठशालामा राखियो । अब केही नाटक तयार पारिदिनुहोस् भनी त्यहाँका भला आद्मीहरूले बाबासँग अनुरोध गरे । प्रभुभक्ति नाटकको रिहर्सल बाबाको निर्देशनमा आरम्भ भयो । बाबाले आफँै सिनसिनरी (पर्दाहरू) चित्रकारी गरी बनाई तयार पार्नुभयो । सबै तयारी पूरा भइसकेपछि दुई दिनसम्म खुबै धूमधामसँगले यो नाटक त्यहाँ देखाइयो । बाबाले हार्माेनियम बजाउनुभयो अनि मैले तबला ।

शिलाङको ओसिलो हावापानी र नियमित इलाजले आमाको बिमारी काफी ठिक भयो । अतः ११ नोभेम्बर १९४४ मा शिलाङदेखि तेजपुर, शिलघाटतर्फ जाऔँ भनी गोहाटी आयौँ । राति आठ बजेमा हाम्रो स्टीमर हिँड्न थाल्यो । रातभरि दिनभरि त्यसमा सफर गरी १२ नोभेम्बरको साँझमा तेजपुर पुग्यौँ अनि राति एक बजेमा शिलघाट पुग्न सक्यौँ । त्यहाँ उत्रियौँ र ब्रह्मपुत्रको किनारा जङ्गलको बीचमा रात काट्यौँ । तर मञ्जिल अझ टाढा छ । बिहानपख एउटा डुङ्गामा बसी दिनभरिको सफर तय गरी राति आठ बजे हामीहरू आफ्नो मञ्जिलमा पुग्न सफल भयौँ । यो सफर अत्यन्तै कष्टदायक थियो । घोर जङ्गलभित्रको गाउँमा पुग्दा त्यहाँ बस्ने गोर्खालीहरूले हाम्रो खुब आदरसत्कार गरे । बाबाले सतसंग प्रचारको कुरा गर्दा ‘हामीहरू यहाँ बस्ने जम्मै गोर्खाली राधास्वामी मतका अनुयायी छौँ ।’ भनी भने । अतः चारपाँच दिन बसी तेजपुर फर्की आयौँ ।

तेजपुर पुग्दा बाबा अलि बिरामी हुनुभयो । तेजपुरमा दुई दिन बसी गोरखपुर फर्की आयौँ । केही दिन आराम गरी डिसेम्बर ४५ को पहिलो सप्ताहदेखि बाबाले सतसंग प्रचार कार्यलाई खुब जोश र उत्साहका साथमा फेरि थाल्नुभयो । निभ्न लागेको बत्तीजस्तै एकछिन झलल उज्यालो पारी विस्तारविस्तारै प्रकाश मन्द हुँदै गयो । बाबाको शरीर दिनदिनै सुक्दै गयो । कप्तान साहेब बरालज्यू, सुवेदार साहेब बिष्टज्यू अनि नौतुना र गोरखपुरका जम्मै भला आद्मीहरू चिन्तामा परे । बाबाको असल इलाजका लागि उनीहरूले केही कसर बाँकी राखेनन् । गोरखपुरको नामी डाक्टर जसवाल साहेबले बाबाको राम्ररी जाँच गरे । खुन टेस्ट, थुक टेस्ट, छातीको एक्सरे आदि सबैथोक गरे । तर रोगको पत्तै लाग्न सकेन । डाक्टर साहेब पनि छक्क परे । बाबाको हालत दिन प्रतिदिन झन्झन् खराब हुँदै गयो । अन्तत साह्रै हतास भएर भारी मुटुले बाबाले सतसंगको कार्यक्रमलाई अब स्थगित गर्नुप¥यो भन्ने विचार प्रकट गर्नुभयो । कप्तान साहेब बरालज्यू अनि सुवेदार बिष्टज्यूले पनि अब तपाईंहरू भाग्सू फर्किनुहोस् भन्ने सल्लाह दिनुभयो । २१ मार्च १९४६ का दिन बाबा, आमा र म नौतुना गोरखपुरको सतसंग धर्मप्रचार कार्यलाई बीचैमा छाडी रेलबाट भाग्सूतर्फ हिँड्यौँ ।

२४÷३÷४६ मा हामी घर (भाग्सू) फिर्ता पुग्यौँ । बाबालाई ज्वरोले छाडेन । ज्वरो १०३ डिग्रीसम्म रोजै चढ्ने अनि बेलुकी उत्रने । पल्टनका सरकारी डाक्टरलाई बोलाई बोलाई इलाज गर्न लगायौँ तर केही लाभ पुगेन । अन्ततः ९ अप्रेल १९४६ बुधबार चैते दशैँताका राम नवमीका दिन बाबाले यो नश्वर शरीरलाई त्याग गर्नुभयो । शरीर छाड्नुभन्दा केही छिनअघि मलाई भन्नुभयो ‘तँ अब टाठोबाठो भइसकेको छस्, आमा र बज्यैको ख्याल राख्नू अनि सतसंग धर्मप्रचार कार्यलाई जहाँसम्म हुन्छ चलाइ नै राख्नू ।’

 मास्टर मित्रसेन, मित्रको डायरी, १९८४ दोस्रो संस्करण (पेज १– २०), मित्रसेन साहित्य सङ्गीतसभा, ग्राम दाडी धर्मशाला, काँगडा, हिमाञ्चल प्रदेश ।

(विजय हितानद्वारा उधृत ‘मास्टर मित्रसेन र उनका सिर्जना’ (पृष्ट ९३– १११) बाट

साउने सङ्क्रान्ति

साउने सङ्क्रान्ति

डा. मीन श्रीस मगर

सूर्यको अयन (solstice) अर्थात गति/मार्ग उत्तरायण र दक्षिरायण दुई प्रकारको हुन्छ । साउने सङ्क्रान्तिदेखि सूर्यले कर्कटरेखा (tropic of cancer) बाट दक्षिण मकररेखा (tropic of capricorn) तर्फको यात्रा प्रारम्भ गर्दछ भने माघे सङ्क्रान्तिदेखि उत्तर कर्कटरेखातर्फको यात्रा प्रारम्भ गर्दछ । त्यसकारण साउने र माघे सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति वा अयन चाड (solstice festival) भनिन्छ । साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिरायण हुने (उँधोतिर लाग्ने) भएकाले गृष्म/वर्षा याम (summer season) समाप्त भएर हिउँद याम (winter season) अर्थात उँधौली शुरु भएको मानिन्छ । साउने सङ्क्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिको सबैभन्दा लामो दिन, छोटो रात र बढी गर्मी हुन्छ । त्यसपछि सूर्य दक्षिरायण हुने भएकाले दिन छोटो, रात लामो हुने र तापक्रम घट्दै जाने क्रम शुरु हुन्छ । यो समयमा वर्षात र गर्मीले गर्दा एकातिर झारपात, बोटविरुवा र झाडीका साथै सर्प, विच्छी जस्ता विषालु किराहरूको बृद्धि हुन्छ भने अर्कोतर्फ घाउखटिरा र रोधव्याधीले सताउने गरेको हुन्छ । आगोले एकातिर विषालु किरा र हिंस्रक जन्तुहरूलाई धपाउन मद्दत पुर्याउँदछ भने अर्कोतर्फ खेतीपातीको काम गर्दा वर्षातमा भिजेको शरीरलाई न्यानो प्रदान गर्दछ । वर्षातको समयमा सबैतिर जलमग्न हुने भएकाले आगोको महत्व बढी नै हुन्छ भने साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिरायण हुने भएकाले जाडो बढ्ने क्रम शुरु हुन्छ । त्यसकारण प्रतिकात्मक रुपमा राँको फालेर अग्नी देवता (आगो) को पूजाआराधना गरी साउने सङ्क्रान्ति मनाउने चलनको विकास भएको बुझिन्छ । साउने सङ्क्रान्ति उँधौली यामको पहिलो चाड हो ।

साउने सङ्क्रान्तिको साँझपख घरघरबाट बलेको अगुल्टो फ्याक्ने चलनलाई राँको फाल्ने वा लुतो फाल्ने भन्ने गरिन्छ । वर्षाकालमा जताजतै हिलाम्य फोहर हुने र खेतीपातीको कामले गर्दा व्यक्तिगत सरसफाईमा ध्यान दिन पनि नभ्याइने हुँदा लुतो जस्ता चर्मरोग लाग्ने र घाउखटिरा हुने सम्भावना बढी हुन्छ । साउने सङ्क्रान्तितिर खेतीपाती लगाउने काम लगभग सकिने बेला भएको हुन्छ । त्यसकारण अब घरआँगन र आफ्नो शरीर सफा गरेर फोहरमैला फालौँ भन्ने आह्वानको संकेत स्वरुप लुतो फाल्ने चलन विकास भएको हो । लुतो फाल्ने वा राँको फाल्ने विधि गर्दा पानीसरो, देवीसरो, कुकुरडाइनो, कुरिलो, भलायो, धर्सिङघर, सिरु, साउनेआरु, सिउँडी जस्ता आयुर्वेदिक वन औषधीलाई सल्लाको अगुल्टोमा धुँवाएर लुतो लैजा भन्दै चारै दिशामा अगुल्टो फाल्ने गरिन्छ । यी वनस्पतिहरूमा घाउखटिरा जस्ता चर्मरोग निकोपार्ने औषधीय गुण हुने भएकाले नै प्रयोगमा ल्याइएका हुन् ।

मगर समाजमा मनाइने हरेक चाडवाडहरूमा झैं साउने सङ्क्रान्तिमा पनि गीतसंगीत र नृत्य जोडिएर आएको पाइन्छ । यो चाडमा अग्नी जगाउने (राँको फाल्ने) र मादल फुकाउने विधि सम्पन्न गरिन्छ । खासगरी वैशाख, जेठ र असार तीन महिना नाचगान बन्द गरिन्छ । वैशाख पूर्णिमाको दिन चण्डी (वर्षातकी देवी) को पूजा गरी घाटु नचाइने भए पनि मादलको प्रयोग नगरी शान्त र शालीन गीतिनृत्य प्रस्तुत गरिन्छ । यो समयावधिमा एकातिर चराचुरुङ्गीले कोरल्न बस्ने र बच्चा हुर्काउने भएकाले प्रकृतिलाई शान्त राख्नुपर्ने मान्यता रहेको छ भने अर्कोतिर वर्षे खेतीपातीको काममा व्यस्त हुनपर्ने भएकाले नाचगान गरिदैँन । असारको अन्त्यतिर वर्षे खेतीपाती लगाउने काम लगभग सकिएको हुन्छ । त्यसकारण नाचगान गर्न र चाडवाड मनाउनलाई केही अनुकूल हुने भएकाले साउने सङ्क्रान्तिमा मादल फुकाउने विधि गरिन्छ । खासगरी गुर्जु (मारुनीको गुरु) को घरमा भेला भएर पाती, मकै आदिको लिङ्गो गाडेर मादल लगायतका बाजाहरूमा रातोसेतो ध्वजा बाँधी दुबोपाती चढाएर पूजा गरे पश्चात गुरुबाट वन्दना धून बजाइन्छ । मारुनीको बन्दना गीत गाएपछि गर्राभाइले मादल ढोग्ने गर्दछन् । यसरी विधिवत मादल फुकाएपछि सबै प्रकारका गीतनृत्य प्रस्तुत गर्न खुला भएको मानिन्छ । साउने सङ्क्रान्तिपछि तापक्रम घट्दै जाने भएकाले उँधौली यामका गीतसंगीत र नृत्यहरू जोसजाँगर भर्ने फूर्तिला खालका हुन्छन् । मारुनी, ठाडोभाका, सरङ्या स्याइ (युद्धको अभिनययुक्त नाच), भूम्या स्याइ जस्ता कुर्लेर गाउने गीत, घन्केर बज्ने डम्फू–मादल–दमाहा र उफ्रेर नाच्ने नाचहरू प्रस्तुत गरिन्छ, जसले गर्दा जाडोमा कठाङ्ग्रीएको शरीरमा न्यानोपना र जाँगर भरिदिन्छ । पहिला–पहिला मगरात क्षेत्रमा मारुनी र घाटु ननाच्ने गाउँमा छोरी नदिनू भन्ने गरिन्थ्यो । किनकी खासगरी असोजदेखि मंसिरसम्मको अवधिमा जन्म, भातख्वाई, घरपैंचो जस्ता उत्सवहरूमा मारुनी नचाएर आशीर्वाद दिने चलन रहेको छ ।

रुकुम–रोल्पातिर साउने सङ्क्रान्तिलाई ‘साउनी’ भन्ने गरिन्छ । उनीहरूले यो चाडमा गहुँको पीठोको सर्प, छेपारो, भ्यागुतो, बिच्छी, बाला आदि आकारका रोटी पकाई गाउँका देवदेवीलाई चढाउने गर्दछन् । जाडो याममा आफ्नो शरीरको तापक्रम स्थिर राख्न नसक्ने (poikilothermous or cold blooded) जीवहरू जमिनमुनि गुफा पस्ने हुँदा तिनीहरूको आकृति बनाएर जीवन रक्षाका लागि पूजा गरिन्छ । पर्यावरणीय सन्तुलन कायम राख्न र मानव जातिका लागि यी जीवहरू महत्वपूर्ण सहयोगीका रुपमा हुन्छन् । यसरी जीवजन्तु र प्रकृतिको पूजा गरेपछि अनुहारमा माहोर (रंगीविरंगी टीका) लगाउने, दुवोपाती सिउरिने, राँको फाल्ने र मादल फुकाएर सरङ्या नाच्ने गरिन्छ । साँझपख आफ्ना परिवार र गाईको संख्या जति छन् त्यति नै सल्लाको दियालो बालेर मानिसको लागि आँगनमा तथा गाईको लागि गोठमा राख्नेर सबैको रोगभोग लैजा भनी बारी कटाइ अगुल्टो फाल्ने गर्दछन् ।

नुवाकोट जिल्ला बेलकोटका मगरहरूले साँझपख देवीथानमा राँको फाल्ने सामाग्री राखेर बोका बलि चढाएपछि राँको फाल्ने गर्दछन् । त्यसपछि मात्र घरघरबाट राँको फाल्ने गरिन्छ । कर्णालीतिरको बस्तीहरूमा घर–घरका सबै परिवारिक सदस्यहरूले देवदार वा सल्लाको दाउराको राँको बालेर रोगव्याधी फोहर सबै जाओस् भनेर चिच्याउँदै फाल्ने गर्दछन् । धादिङतिर सल्लाको अगुल्टोमा धर्सिङघरे वा कुकुरडाइनो फड्काएर नाङ्लो ठटाउँदै वारि गाउँ, पारि गाउँ, तल्ला गाउँ, माथिल्ला गाउँ लुतो लैजा भन्दै फ्याक्ने र भोलिपल्ट लुतो सर्ने विश्वासले खेतबारीमा कोही नजाने चलन पाइन्छ । डोल्पाली मगरहरूले साउने सँरात नामले मनाउने गर्दछन् । साउने सँरातको विहान दियालो (छिप्पिएको खोटे सल्लोको काठ) चिरेर तयार पारिन्छ । हिमाली भेग डोल्पाका घरहरूमा दुईपाखे छानो नभएर ढुङ्गा र माटो छापेको समथर छाना हुने भएकाले साँझपख छानाको चारै कुनामा गोबरले लिपेर बलेको दियालो राखिन्छ । बलिरहेको दियालो अर्थात राँकोमा भाले काटेर रगत छर्किने गरिन्छ । यसो गर्नुको उद्देश्य रोगव्याधी तथा अनिकाल हटाउन र सहकाल ल्याउनका लागि प्रकृति र पितृदेवहरू समक्ष आह्वान गर्नु हो (बुढामगर र घर्ती मगर, २०७१: १७१) । पाल्पा, स्याङ्जा र तनहूँतिरका मगर गाउँहरूमा साउने सङ्क्रान्तिको विहानै भलायो, कुश, सिउडी आदि ढोकामा घुसार्ने र साँझपख चारै दिशामा एकएक वटा अगुल्टो फाल्ने गर्दछन् । यसरी राँको अर्थात लुतो फालेपछि युवायुवतीहरू भेला भएर झाम्रे बस्ने गर्दछन् (बराल मगर, २०५०: ११८) । राती सुत्नु अघि हातखुट्टामा तिउरी (एक प्रकारको वनस्पति जसलाई थिचेर हातखुट्टामा लगाई रातभर राखेपछि विहान रातो दाग बसेको हुन्छ) लगाउने गरिन्छ । यसले घाउखटिराको संक्रमण नियन्त्रण हुन्छ ।

वागलुङको गलकोट खुवाक्षेत्रमा ताराखोलाका मगरहरूले असार २२ गतेदेखि तथा अर्गल र हिलका मगरहरूले असार मसान्तदेखि साउन २ गतेसम्म यो चाड मनाउने गर्दछन् । ताराखोलामा असार २२ गते मूलघर (ढ्याङ्ग्रो राख्ने घर) मा जौंको जमरा राखेपछि यो चाडको औपचारिक रुपमा थालनी भएको मानिन्छ । त्यसपछि घरघरमा लिपपोट तथा सरसफाईको कार्य गरिन्छ । बलिपूजाको कार्यक्रम भने असार महिनाको अन्तिम हप्ताको सोमबार पारेर गर्ने चलन रहेको छ । सिमेभूमे र कुलपितृका नाममा फूलप्रसाद, धूपदीप र राँगो बलि चढाइन्छ । अर्गल गाउँमा असार मसान्तका विहान आ–आफ्ना थरका मूलघरमा भेला भई कुखुरा वा बोकाको बलि दिएर मसान्ती पूजा गरिन्छ । साउने सक्रान्तिको विहान गोठपूजा (देवाली गैडुपूजा) गर्ने ठाउँमा आ–आफ्ना आफन्तहरू भेला भएर भूइँमा गोबरले लिपपोत गरी आफूले मान्दै आएका देवदेवी एवं पितृहरूलाई धूप, ध्वजा, जल, दूध, खिर आदि प्रसाद चढाइन्छ । सोही समयमा आ–आफ्नो कोदो बारीमा हरेलो पूजा पनि गरिन्छ । यो दिनदेखि साउन दुई गतेसम्म गाउँमा खेतीपाती तथा खनजोतको कुनै पनि कार्य गरिदैन । असार मसान्तमा पिङ थाप्ने लिङ्गो काट्न वनमा जाने कार्यक्रम हुन्छ । वनमा गएर पिङ थाप्ने लिङ्गो काट्नु अघि फेंदमा (लिङ्गो बनाइने वृक्ष उत्तिस/सेडे/दब्दबेको फेंदमा) माउ तन्नेरीले पिङ सुरक्षित बनोस् भनेर जमरा, धूपध्वजा राखेर पूजा गर्दछन् । युवाहरूले वनबाट पिङ बनाउने लिङ्गो, फुर्से र गोफ्लाको लहरा लिएर फर्केपछि युवतीहरूले उठाएको खट्टे (रोटी, रक्सी, खट्टे आदि परिकार) ल्याइन्छ । माउतन्नेरी र तरुनी (कन्यf वा विवाह भएको वर्ष दिन ननाघेको नाइके तन्नेरी र तरुनी) ले खट्टे पितृदेउतालाई चढाएरपछि सबैले प्रसादको रुपमा खान्छन् । त्यसपछि गाउँका मान्यजन तथा बूढापाकालाई खट्टेको प्रसाद घरघरमा पुर्याइन्छ । साउन एक गते घरमुलीले विहानै उठेर नुहाइधुवाई गरेर पितृको नाउमा माघेको पातमा सुकुटी, घिउमा फुराएको चामल राखेर अगेनाको नजिक र छानामा घुसार्ने गर्दछन् । त्यसपछि चेलीवेटीलाई टीका लगाइदिएर दक्षिणा दिने गरिन्छ । माइती नआएका चेलीलाई चामल र पैसा घरमै पुर्याइदिने गरिन्छ । साउन एक र दुई गते घरघरमा आफ्ना चेलीवेटीहरू बोलाएर मीठोचोखो ख्वाउने गरिन्छ । यो चाडको अवसर पारेर मूल तरुनीतन्नेरी चयन गर्ने कार्य पनि सम्पन्न गरिन्छ । साउने सङ्क्रान्ति मनाउन मासुका लागि गाउँटोलमा सुँगुर, राँगो, भैसी, खसी आदि काट्ने गरिन्छ । जमरा लगाउने, पिङ खेल्ने, मारुनी नचाउने, पितृ एवं भूमिको पूजा गर्ने, खिर र आलुको भुजुरी खाने र चेलीवेटी ख्वाउने यो चाडका प्रमुख विशेषताहरू हुन् । मोहनी बाजा (निगालोको नलीमा मुरलीमा झैं प्वाल पारेर एकातर्फ पेपरा राखेर मुखले फुकी सहनाइ झैं बजाइने बाजा), डम्फु र मादलका साथ सुनिमया, यानीमया र झाम्रे गाउने नाच्ने गरिन्छ । यो चाड मनाउने अवधिभरि गाउँमा कसैले पनि खेतीपातीको काम गर्न, फलफूल, कण्डमुल र वनका घाँसदाउरा संकलन गर्न नहुने मान्यता पाइन्छ । यस अवधिमा खेतवारी र वनजंगललाई पूर्णत प्राकृतिक अवस्थामा रहन दिइन्छ । यसो गर्दा केही समयका लागि भए पनि प्राकृतिक वातावरण माथिको मानवीय हस्तक्षेप रोकिन्छ र पर्यावरणीय सन्तुलनमा मद्दत पुग्नजान्छ । यो चाड सकिएपछि गाईको पजनी (गाई चरन) खुल्ला गरिन्छ ।

अधिकांश गाउँबस्तीहरूमा साउने सङ्क्रान्तिमा राँको फाल्ने गरिन्छ भने डोल्पाली मगरहरूले राँको बाल्ने गर्दछन् । तर वागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले राँको बाल्ने वा फाल्ने गर्दैनन् । राँको फाल्ने हुनाले यो चाडलाई राङ्क्या तिह्वार वा राँखेचाड पनि भन्ने गरिएको पाइन्छ । साउन महिनामा मनाइने भएकाले ‘साउनी’ पनि भन्ने गरिन्छ । धेरैजसो मगर बस्तीमा साउने सङ्क्रान्तिको साँझ झांक्री (रमा/लामा) बसेर आगामी दिनको (वर्षभरिको) शुभअशुभ, रोगव्याधी, अन्नबाली, स्वास्थ्य स्थिति आदिका बारेमा भविष्यवाणी गर्ने तथा व्यक्तिगत ग्रहदशा पनि विचार गरिदिने चलन पाइन्छ । रुकुमको काक्री लुगुम गाउँमा साउन एकदेखि तीन गतेसम्म झांक्रीमेला लाग्ने गर्दछ । कुखुराको बलिपूजा गरेर तान्त्रिकमन्त्र र ढ्याङ्ग्रोको तालमा झांक्री र झांक्रीको भान्जा नाच्ने गर्दछन् । त्यसकारण यो भेगमा साउने सङ्क्रान्तिलाई झांक्रीमेला पनि भन्ने गरिन्छ । गण्डकी प्रश्रवणक्षेत्रमा साउने सङ्क्रान्ति पछि साउन पन्ध्रसम्म कुनै पनि किसिमको मनोरञ्जनात्मक कार्यक्रम (नाच्ने, गाउने, बजाउने) गर्न, पूजाआजा वा झारफुक समेत गर्न बन्देज लगाउने चलन रहेको छ । खेतीपाती लगाउने काममा व्यस्त रहनुपर्ने तथा लगातार वर्षात भइरहने हुनाले नियम राखिएको हुनसक्छ । तर रुकुमतिरका मगर गाउँमा भने साउने सङ्क्रान्ति चाडको दिनदेखि ढुङ्गा र तरवारको धारलाई छोएर कसम खाई नचारु नाच शुरु गरिन्छ । हरेक साँझ आ–आफ्नै गाँउटोलमा नाचिन्छ र मंसिरको बाह्र गते छिमेकी गाँउटोलमा गएर नाच्ने नाचिन्छ । पुस महिनाभरि छिमेकी गाँउटोलमा गएर नाचेपछि मसान्तको दिन विशेष कार्यक्रम गरी माघे सङ्क्रान्तिका दिन नाच समापन गरिन्छ । यसरी नचारु नाच छ महिनासम्म नाच्ने अनौठो परम्परा पाइन्छ (गौतम, २०६८: ११) ।

आफू बसेको भूगोलको प्राकृतिक पर्यावरण अनुरुप आफूलाई पनि अनुकूलन गराउने क्रममा मानिसहरूले विभिन्न खाले चाडवाडहरूको विकास गरेको पाइन्छ । साउने सङ्क्रान्ति चाड मनाउने विधि र प्रक्रियाहरूले मानव र प्रकृति वीचको अन्वन्याश्रिक सम्बन्धलाई प्रष्ट्याएको पाइन्छ । अग्नी जगाएर राँको फाल्नु तथा चर्को र फुर्तिलो गीतसंगीतनृत्यको थालनी गर्नुले जाडो मौसमबाट बच्ने प्राकृतिक उपायको खोजीलाई दर्शाउँछ भने जाडोबाट बच्नका लागि जमिनमुनि गुफा पस्ने भ्यागुतो, बिच्छी जस्ता जीवहरूको सुरक्षाका निम्ति पूजा गर्नु तथा चाड मनाउने अवधिभर खेतवारी एवं वनजंगलमा काम नगर्नुले मानवीयता र वातावरणीय सन्तुलनको उच्च चेतनालाई झल्काउँदछ । तिउरी, भलायो आदि औषधीय वनस्पतिको प्रयोग, स्थानीय देवदेवी र कुलपितृको स्मरण गर्ने तथा झांक्री बस्ने परम्पराले लुतो, घाउखटिरा जस्ता रोगव्याधी, विकार र विकृतिहरूलाई पन्छाउने, अन्नबाली जोगाउने उद्देश्यले अपनाइएका मानव सभ्यताका प्रारम्भिक चरणका उपायहरू र झांक्रीवाद तथा जीवात्मावादमा आधारित विश्वासलाई झल्काउँदछ । उँधौली यामको पहिलो चाड साउने सङ्क्रान्ति मनाउने चलनको विकास पशुपालन र कृषि युगको थालनीसँगै भएको बुझिन्छ । वर्षा यामको झरीबादल र कामको व्यस्तताबाट क्षणिक विश्राम लिने र थाकेको शरीरलाई आराम दिने उद्देश्यबाट साउने सङ्क्रान्ति मनाउने चलन शुरु भएको हो । अहिले पेशामा आएको परिवर्तन र बसाइँसराइँका कारण परम्परागत साउने सङ्क्रान्ति चाडको महत्व र आवश्यकता कमजोर हुँदै गएको देखिन्छ ।

सन्दर्भ सामाग्री–सूची

गौतम, कृष्णप्रसाद. (२०६८ पुस १०). ६ महिनासम्म नृत्य. कान्तिपुर, पृ. ११ ।

बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

बुढामगर, भोजविक्रम र घर्तीमगर, श्यामप्रसाद. (२०७१). काइकेमगरको भाषा, संस्कार र चाड. सम्पा. यमबहादुर पुन र झकेन्द्र घर्तीमगर. मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (पृ. १४९–१७५). काठमाडौं: मगर प्राज्ञिक समूह ।

श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

Siberian shamanistic traditions among the Kham Magar of Nepal

The Kham-Magars follow a transhumant pattern of life, maintaining permanent villages and a few fields for small scale cultivation, but travelling extensively most of the year with flocks of sheep and goats. Living relatively isolated from the mainstream of commerce and the influx of Indo-Aryan settlement, they have, as opposed to their kinsmen in the east, been only lightly touched by the influence of Hinduism. Their religious attitude is based primarily on an animistic view of nature – the view that the affairs of men are affected by spirits, and that certain men are capable of entering into communication with these spirits and serve as functionaries between man and the spirit world.

For more information click the following link:
https://lib.icimod.org/record/9603

नेपाल प्रहरीका पुर्ब महानिरीक्षक श्रद्धेय खड्गजीत बरालज्यूमा श्रद्धाञ्जली..

नयाँ खबर

नेपाल प्रहरीका पुर्ब महानिरीक्षक श्रद्धेय खड्गजीत बरालको दुखद निधनमा हामी सबै शोकाकुल त छदैछौ। नेपालको प्रहरीको विकास र बिस्तारमा उहाको अतुलनिय भूमिकालाई इतिहासले सदा सम्मान र स्मरण गरिरहनेछ। यस कुरालाई मध्यनजर गर्दै नेपाल पुर्ब प्रहरी परिवार मंच, बेलायतले उहाको ४५ सौ दिनको पुण्य तिथिमा अहिलेको बिशेष परिस्थतिमा जुम मार्फत श्रद्धान्जली सभा गर्न गइरहेको छ ।

मिति – १९ असार शनिबार (३ जुलाई २०२१) समय- नेपालको समय – १६ ०० बजे (अपरान्ह ४ बजे)